चितवन । चितवनको खैरहनी नगरपालिका असार १ गतेदेखी दुई सिफ्टमा खुल्ने भएको छ । संघीय सरकारको निर्देशन अनुसार कोरोना जोखिमलाई मध्यनजर गर्दै दैनिक दुई सिफ्टमा कार्यालय संचालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर ,उपमेयर सहित शाखा प्रमुखहरुको वैठकले दैनिक विहान ८ वजेदेखी दिउँसो १ वजे सम्म एक सिफ्ट र दिउँसो १ वजेदेखी वेलुका ६ वजे सम्म अर्को सिफ्टमा कार्यालय संचालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । यो अवधिमा क्षा,स्वास्थ्य,योजना,कृषि,पशुसेवा,महिला तथा वालवालिका,राजस्व ,वैदेशिक प्रयोजनका लागि कागजपत्र लगायतको काम हुने शर्माले जानकारी दिए । काम नरोकिने गरि कर्मचारी वाँडफाँड गरेर काम हुने उनले वताए । नगरपालिकाको कार्यालय दुई सिफ्टमा संचालन भएपनि वडा कार्यालय भने विहान १० वजेदेखी ५ वजे सम्म पहिलेकै समयमा खुल्ने छ । खैरहनी नगरपालिकाले कोरोनाको जोखिमका कारण सेवा दिन आउने सेवाग्राहीलाई माक्स लगाउन अनिवार्य गरेको छ भने गेटमा सेनिटाईजरको व्यवस्था समेत गरेको छ । मेयर लालमणि चौधरीले कोरोनाका कारण चालु आर्थिक वर्षमा समावेश गरिएको तालिम,गोष्ठी,सम्मान लगायतका सवै कार्यक्रम स्थगीत गरेको वताए ।








