काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री वालकृष्ण खाँणलाई दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज वेलायत जाने तय भएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएको हो ।
प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो । खाँणले कार्तिक १८ गतेसम्मका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन।








