हेटौंडा । हेटौंडा–भीमफेदी–काठमाडौं मार्गको भीमफेदी–कुलेखानी खण्ड भोलिदेखि तीन दिन आंशिक समय बन्द हुने भएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले सडक विस्तार तथा स्तरोन्नती भैरहेको जानकारी दिँदै भीमफेदी-देउराली-कुलेखानी सडक खण्ड भोलि शनिबारदेखि सोमबार सम्म आंशिक बन्द हुने जनाएको छ ।
निर्देशनालयले भोलिदेखि सोमबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द जनाएको छ ।








