चितवन । कैलाश कप सेभेन ए साइड फुटबलमा आज (शनिबार) एकै दिन समूह चरणका पाँच खेल सम्पन्न भएको छ । भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारी बिजयी भएको छ । गैरिवारीले युनिक एफसीलाई १–० ले पराजित गरेको हो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब ुएु ले फ्रेण्ड्ली फुटबल क्लब माडीलाई २–१ ले पराजित गरेको छ ।
आयोजकको जितमा कृष्ण गुरुङले दुबै गोल गरे । आजको तेस्रो खेलमा खेतबारी एफसीले अकलादेवी एफसी दासढुङ्गालाई २–० ले पराजित गरेको छ । खेतबारीको जितमा आशिश गजुरेलले दुबै गोल गरे । चौथो खेलमा युनिक एफसी ुबीु ले साहारा क्लब मनहरीलाई ३–० ले पाखा लगायो । पाँचौ तथा अन्तिम खेलमा आयोजक कैलाश युथ क्लब ुबीु ले भरतपुर ६ लाई १–० ले पाखा लगायो । कैलाशको जितमा सविन क्षेत्रीले निर्णायक गोल गरे । प्रतियोगितामा आईतवार समूह चरणका अन्तिम तीन खेल हुनेछ ।
आइतवार पहिलो खेलमा एफसीएन नौरङ्गे र एएफसी पिपलटार भिड्नेछन् भने दोस्रो खेलमा बागेश्वरी एफसी र गङ्गोत्री एफसी भिड्नेछन् । आइतवार नै समूह चरणको अन्तिम खेलमा क्षेत्रपुर फुटसल एरिना र भरतपुर ९ भिड्नेछन् । आइतवार नै प्री क्वाटरफाइनलका दुई खेल पनि हुनेछ । पहिलो खेलमा सर्वश्रेष्ठ नारायणी एफसी र चण्डीभन्ज्याङ एफसी भिड्नेछन् । सर्वश्रेष्ठ वनदेवीलाई तथा चण्डीभन्ज्याङ आँपटारी एफसीलाई पराजित प्री क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्री क्वाटरफाइनलको दोस्रो खेलमा आइतवार नै राइजिङ स्टार देवघाट र दासढुङ्गा एफसी भिड्नेछन् । देवघाट बेलगारी दमौलीलाई तथा दासढुङ्गा भालुमारा एफसीलाई पाखा लगाउदै प्री क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका हुन् । ३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ ।
उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।








