हेटौंडा । मकवानपुरको हेटौंडा सहित मनहरी,राक्सिराङ र कैलाशको विभिन्न स्थानमा आज र भोलि दुई दिन विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज र भोलि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने जनाएको छ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा देखी मनहरी गाउँपालिकाको लोथर सम्म र राक्सिराङको चैनपुर,कैलाश वडा नम्बर ४ पञ्जनी,देवीटार काँडा लगायतका स्थानमा दुई दिन विद्युत आपुर्ति बन्द हुने केन्द्रले सूचनामा जनाएको छ ।
फिडर अन्तर्गतका हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रशारण लाइन आयोजनाको टावर नं एपी १०.० डिडि टाइप टावरको तार तन्काउने काम भएकोले सो टावर मुनी मकवानपुरको उक्त क्षेत्रमा गएको विद्युतको तारको लाइन काटी काम गर्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ।








