• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

छड र सिमेन्टको भाउ आकासियो

  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो ।

    अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए । सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए ।

    ‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी रू.४ देखि रू. ५ सम्म कमी आउने अपेक्षा थियो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी रू. ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी रू. ८३ मूल्य तिर्नुपर्थ्यो ।’ रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी रू. १०२ देखि रू. १०६ सम्म तिर्नु परेको छ ।

    उनले सिमेन्टको मूल्य पनि बढ्दा निर्माणको सिजन शुरू हुँदादेखि नै पूर्वाधार निर्माण महँगो पर्न जाने बताउँछन् । सिमेन्ट उत्पादनमा तीव्र प्रतिस्पर्धा हुँदा ठूला सिमेन्ट उद्योगले मूल्य घटाउन भने चासो दिएका छैनन् । यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सिमेन्टको मूल्यमा पनि वृद्धि भएको बताए । सिमेन्टको मूल्य साविक मूल्यमा २० प्रतिशतले बढेको बताए । विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि मूल्य बढेको उनको भनाइ छ ।

    अहिले छिटफुट रूपमा केही उद्योगहरूले मूल्य बढाए पनि अबको १ महीनाभित्रमा सबै सिमेन्ट उद्योगले मूल्य बढाउन सक्ने थापाको भनाइ छ । ‘विश्व बजारमा देखिएको कोइलाको मूल्य वृद्धि र कोइला नै नपाउने अवस्था आउने हो कि भन्ने आशंका छ,’ उनले भने, ‘यसले मूल्य वृद्धिभन्दा नि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्था आउने हो कि भन्ने डर छ ।’

    यसैगरी सौरभ ग्रूपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कोइलाको मूल्य बढ्दा अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको बताए । नेपालमै बिलेट बनाई डन्डी बनाउने उद्योगले प्रतिकेजी रू। ६ का दरले मूल्य बढाएको र बिलेट आयात गरी उत्पादन गर्ने उद्योगले प्रतिकेजी रू. १० का दरले मूल्य बढाएको उनको भनाइ छ ।

    अहिले कोइला खरीद गर्दा प्रतिकेजी रू. ३० सम्म तिर्नुपर्छ । यसअघि प्रतिकेजी रू. १५ परेको भन्दै उनले पछिल्लो समय फलामे छडको मूल्य बढेको बताए । यसअघि रू. ८४ मूल्यमा डन्डी विक्री गरेको र त्यसमा अहिले रू. ६ देखि रू. १० सम्म मूल्य बढेको उनको भनाइ छ । आर्थिक अभियानबाट

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.