• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको तयारी पुरा, पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप भोलि भरतपुर महानगरपालिका कमिटीको अधिवेशन हुँदैछ । जिल्लाका अन्य ६ वटा स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा भरतपुरको भने भोलि सोमबार हुने भएको हो । भोलि भरतपुर–१० मा हुने महानगर कमिटीको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    महानगर अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । महानगर अधिवेशनमा झण्डै एक हजार प्रतिनिधि सहभागी हुने भन्दै न्यौपानेले अधिवेशनमा ४०६ सदस्यीय महानगर कमिटी सहित पार्टी सदस्य संख्याको आधारमा प्रत्येक वडा इकाइमा आधारित रही २५ जना पार्टी सदस्य बराबर १ जना, १० जना महिला पार्टी सदस्य बराबर १ जना महिला तथा पाँच जना दलित सदस्य बराबर एक जना दलित सदस्य प्रतिनिधि हुने बताए ।

    नयाँ नेतृत्व चयनलाई प्रभावकारी र व्यवस्थित बनाउन महानगरका इन्चार्ज एवं केन्द्रीय सदस्य देवी ज्ञवालीको संयोजकत्वमा कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, शिवकुमारी गोतामे, तेजेन्द्रबहादुर खड्का, शान्ति अधिकारी, कृष्ण भुर्तेल, रामप्रसाद न्यौपाने सदस्य रहने नेतृत्व निर्माण एवं व्यवस्थापन कार्यदल गठन गरिएको छ । त्यस्तै केशवप्रसाद रेग्मीको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति, पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयारी उपसमिति गठन भई काम अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले बताए ।

    आज आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका महानगर इन्चार्ज एवं केन्द्रीय सदस्य देवी ज्ञवालीले अधिवेशन सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च हुने बताए । महाधिवेशनका लागि आवश्यक पर्ने खर्च रकम पार्टी कार्यकर्ताहरुबाट व्यवस्थापन हुने भन्दै ज्ञवालीले चन्दा संकलन नगरिने जानकारी दिए । भरतपुर महानगरपालिकाभित्र नेकपा एमालेका ७ हजार संगठित सदस्यले सदस्यता नवीकरण गराएका ज्ञवालीको भनाइ छ ।

    एमालेको महानगर कमिटीको अधिवेशन भोलि सोमबार नै सक्नेगरी तयारी अघि बढेको भन्दै ज्ञवालीले सोमबार अधिवेशन सम्पन्न गर्न कठिन भए बुधबार सम्पन्न गर्ने जानकारी दिए । महानगरको अधिवेशन पनि सर्वसम्मत रुपमा गठन गर्नेगरी काम भइरहेको ज्ञवालीको भनाइ छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.