चितवन । चितवनको राप्ति नगरपालिका ८ पाख्रिवासबाट जुवा खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । हिजो (शनिबार) भाइटीकाको दिन साँझ पाँच बजेको समयमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलिले पाख्रिवास बाट १ लाख तेईस हजार दुई सय रुपैयाँ नगद, कौडा १६ थान, कौडा खेल्न प्रयोग भएको काठको वोर्ड थान–१ सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलिले गत कार्तिक १५ गते राती ८ बजे भरतपुर महानगरपालिका वडा नं. ४ यज्ञपुरी स्थित टेम्पल कटेजबाट १६ हजार १५ रुपैयाँसहित २ जनालाई पक्राउ गरेको थियो ।
यता भरतपुर महानगरपालिका वडा नं. ०६ चोकबजार स्थित थकाली किचन होटलबाट पनि प्रहरीले ५३ हजार ७० रुपैयाँ नगद र १६ थान सहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । पक्राउ हुनेहरुको थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








