काठमाडौं । सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनाएको छ । तोलामा एक सय रुपैयाँले बढेर गत बिहीबार कायम भएको रेकर्ड सोमबार तोडिएको हो ।सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारदेखि तीन दिन बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । सोमबार तेजावी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा दश रुपैयाँले घटेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








