• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

चितवनको कालिका ५ स्थित यती सहकारीमा अवैध प्रकृयाबाट समिति बनेको भन्दै विरोध

  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनको कालिका नगरपालिका ५ मा रहेको यती बहुउद्देश्यीय सहकारी संस्थामा कानुन अनुसार कार्यसमिति चयन गर्न माग गरिएको छ । गत असोज २१ गते भएको २० औँ साधारण सभा तथा सातौँ अधिवेशनले राजनीतिक दलको भागवण्डा लगाउँदै समिति बनाएपछि शेयर सदस्यहरुले कानुन अनुसार नयाँ समिति बनाउन माग गरेका हुन् । शेयर सदस्यहरुलाई थाहा नै नदिएर संघीय तथा प्रदेश सहकारी ऐन विपरीत ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति बनाइएको शेयर सदस्य दुर्गाप्रसाद भट्टराइले बताए ।

    अहिले भट्टराई सहित १६५ शेयर सदस्यहरुले अवैध समिति खारेज गरी वैध विधिबाट नयाँ समिति चयन गर्न माग गर्दै प्रदेश र नगरपालिकको सहकारी शाखामा निवदेन दर्ता गरेका छन् । समान उद्देश्य प्राप्तीका लागि समान सहभागीतामा सहकारी चल्नुपर्नेमा राजनीतिक भागवण्डाले संस्था खोक्रो हुँदै जाने भट्टराइको भनाई छ । भागवण्डामै समिति बनाउन निर्वाचन समिति संयोजक शिव प्रसाद सापकोटाले घोषणा गरिएको निर्वाचन तालिका समेत रोकेर प्रकृया भत्काएको शेयर सदस्य भट्टराइले बताए ।

     

    उनका अनुसार असोज २१ गते निर्वाचन तालिका सार्वजनिक भयो । असोज २२ गते पुन उक्त तालिका स्थगित गरी राजनीतिक दललाई भागवण्डा मिलाउन दिइयो र एक्कासी असोज २६ गते नयाँ समिति घोषणा गरी शपथ ग्रहण गराइएको हो । कार्तिक २२ को सूचनापछि अर्को सूचना प्रकाशीत गरी निर्वाचन प्रकृया सुरु हुने आशमा रहेको शेयरसदस्यहरुले एक्कासी राजनीतिक दलको भागवण्डाका आधारमा समिति बनेको थाहा पाएपछि सोही दिन निर्वाचन समिति संयोजक शिव प्रसाद सापकोटालाई प्रकृयागत रुपमा समिति चयन गर्न निवेदन समेत दिइएको थियो । तर उनले सुनुवाई नगरेपछि नियमनकारी निकाय धाउनुपरेको भट्टराईले बताए ।

    यता निर्वाचन समिति संयोजक सापकोटाले हरेक क्षेत्रमा राजनीतिक सहभागीता रहेको भन्दै आफूले पनि सोही अनुसार मुख्य राजनीतिक दलले भने अनुसार समिति बनाएको बताए । अव प्रदेश र नगरपालिकामा असन्तुष्ट पक्षले निवेदन दिइसकेकाले आफूले यसवारे धेरै प्रतिक्रिया नदिने उनको भनाई थियो । असोज २१ गतेदेखि सुरु भएर २६ गते सम्पन्न अधिवेशनमा राजनीतिक दलका भागवण्डाकै आधारमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

    जसको अध्यक्षमा माओवादीबाट भोजराज सेढाईँ, उपाध्यक्षमा नेपाली काँग्रेसबाट विश्वास अर्याल, सचिवमा एमालेबाट भवानी न्यौपाने,कोषाध्यक्षमा दुर्गाप्रसाद आचार्य र सदस्यहरुमा रामप्रसाद चापागाई, सविन न्यौपाने, सम्भुराज शाही ठकुरी, शुकराम महतो र मेनुका थापा अधिकारी रहेका छन् । त्यस्तै नव निर्मित समितिमा कानुनत ३३ प्रतिशत महिला सहभागीता पुर्याउनुपर्नेमा सो समेत अभाव रहेको भन्दै चाँडै कानुनसम्मत नयाँ कार्यसमितिको प्रकृया थालिदिन असन्तुष्ट शेयर सदस्यहरुको माग रहेको छ । खवर मुलुकबाट

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.