चितवन । एस्किना केवल नेटवर्क प्रा।लि क्षेत्रपुरले केही बर्षदेखि सिम टि।भीको डिलरसिप लिएर चितवन, मकवानपुर नवलपरासी जिल्लामा सेवा दिईरहेको छ । केवल नेटवर्कको विस्तार र इन्टरनेटको उच्च माग संँगै विगत केही समयदेखि इन्टरनेट सेवा समेत दिन थालेको छ । हाल केवल नेटवर्ककको प्रभावकारीता संँगै गुणस्तरमा बृद्धि गर्न एचडी र एसडी सेवा दिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्धक निर्देशक दिपक अधिकारीका अनुसार देशका तीन जिल्लाका अधिकांश स्थानमा केवल टि।भी जडान कार्य विस्तार गरिएको छ भने इन्टरनेटको सेवालाई पनि तीब्र पारिएको छ । ‘सिम टि।भीको केवल सेवा देशभरका शहरहरुमा छ , इन्टरनेट सेवालाई पनि तीब्रता दिइएको छ ’ अधिकारीले भने । लकडाउन शुरु भए यता मात्र कम्पनीले चितवनमा मात्रै ४ हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । फाइवर प्रविधिबाट इन्टरनेटको सेवा दिईएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । यस सेवाबाट इन्टरनेट सेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाई छ । चितवनका कालिका नगरपालिकामा बाहेक चितवनका सबै पालिकामा कम्पनीले इन्टरनेट सेवा दिईरहेको अधिकारीले बताए । ‘इन्टरनेटको माग दिनानुदिन बढिरहेको छ , उनले भने, हामीले चाडै नै अन्य स्थानहरुमा पनि इन्टरनेट सेवा दिन शुरु गर्दैछौ ।’ ग्राहकले एउटै केबलबाट २२० वटा भन्दा बढी च्यानल र इन्टरनेट सेवा दिईरहेको छ । अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी भन्दा उच्च गुणस्तर र तुलनात्मक रुपमा शुल्क समेत सस्तो भएकोले ग्राहकको सिम टि।भी प्रति आकर्षण बढेको हो । सिम टि।भीले लकडाउन शुरु भए संँगै विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाईन कक्षा समेतलाई निरन्तरता दिदै आएको छ । सिम टि।भी ग्राहकले हाल १०७,११५, ११७ नम्बरको च्यानलबाट कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई केवलबाट पठनपाठन गर्दै आएको जानकारी दिएको छ । ग्राहकले सिम टि।भीको केवल र इन्टरनेट सेवा लिनको लागि रिचार्ज भौचरको साथै खल्ती अनलाईन पेमेण्टबाट समेत भुक्तानी गर्न सक्नेछन ।








