• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शैक्षिक क्षेत्रमा लापरबाहीः बिद्यालयको पैसा हिनामिना

  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुुर महानगरपालिका वडा नम्बर २५ मा रहेको प्रभात माबिका प्रध्यानाध्यापक र महानगरको शिक्षा महाशाखाका प्रमुखको मिलेमोतोमा महानगरबाट बिद्यालयको नाममा गएको बढि रकम दुरुपयोग गरेको पाईएको छ । महानगरको आर्थिक महाशाखाले दिएको जानकारी अनुसार बिद्यालयमा जानु पर्ने २० लाख ८६ हजार ७ सय ४ रुपैंयामा ५३ लाख ९४ हजार ७ सय ४ रुपैंया गएको थियो । सो रकममा ३३ लाख ८ हजार ६ सय ८४ रुपैंया वढि गएको थियो । सो रकम बिद्यालयमा बढि गएको भन्ने जानकारी पाए पछि शैक्षिक महाशाशाले बाणिज्य वैंकलाई पत्र काटी रोक्का गरेको थियो । रोक्का भएको रकम फुकुवाका लागि बिद्यालयले गत पुष २४ गते पत्र पठाएको थियो । त्यही पत्रलाई आधार मानि शैक्षिक महाशाखाले बिद्यालयको नाममा रोक्का रहेको रकम फुकुवाका लागि माघ ३ गते पत्र पठाएको थियो । सो पत्रका आधारमा बैंकले रकम फुकुवा गरेको भए पनि कहाँ के शिर्षकमा खर्च भयो भन्ने आधार छैन । आर्थिक महाशाखाका अनुसार बैंक खाता रोक्का गर्नका लागि चेकमा हस्ताक्षर हुने व्यक्तिले पत्र पठाउनु पर्ने र फुकुवाका लागि पनि सोही अनुसार गर्नु पर्ने हुन्छ । तर शैक्षिक प्रशासन महाशाखाका प्रमुखको चेकमा हस्ताक्षर नहुने भए पनि बिद्यालयको खातामा गएको बजेट रोक्का र फुकुवा गर्नु आँफैमा गलत देखिन्छ । बिद्यालयका लागि गएको पठाईएको रकम ओजेटि र ल्याबका लागि रहेको र ३३ लाखको वजेट भने बिना शिर्षक अन्य भनी गएको पाईएको छ । यस विषयमा आर्थिक महाशाखाले बिद्यालयलाई रकम फिर्ता गर्न भनिसकेको छ । तर विद्यालयका प्राचार्यले भने रकम जम्मा गर्नका लागि केही समय माग गर्दै आनाकानी गरीरहेका छन् । बिद्यालयले रकम आएको जानकारी पाए पनि विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नभएको र पछि मात्रै थाहा पाएकको व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिनुभयो । बिद्यालयका पदेन सदस्य समेत रहनु भएका वडा अध्यक्षले जानकारी पाए संगै यस बिषयमा बिबाद सृजना भएको थियो । बिद्यालयमा बिभिन्न शिर्षकमा आएको वजेटको दुरुपयोग भए पछि आर्थिक महाशाखा ध्यान केन्द्रित गरेको छ । यस बिषयमा बिद्यालयका प्रध्यानाध्यापक होमनाथ भण्डारी भने बिद्यालयमा धेरै पैसा आएको स्विकार गर्नुहुन्छ । बिद्यालयमा पैसा आएको स्विकार गरे पनि दुरुपयोग नगरेको र आर्थिक प्रशासन महाशाखाले फिर्ता गर भनेकाले फिर्ता गर्ने तयारीमा रहेको बताउनुहुन्छ । उहाँले सो रकम अन्य शिर्षकमा खर्च गरेको स्विकार गर्नुभयो । यस बिषयमा बुझ्न खोज्दा तत्कालीन शिक्षा महाशाखा प्रमुख सिताराम कोईराला सम्पर्कमा आउन चाहनु भएन । सो रकम २०७६ साल साउनमा निकासा भएको हो । निकासा भएको रकम शिक्षा महाशाखाले रोक्का गरेको थियो । शिक्षा महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले यस बिषयमा आँफु पनि ढिला आएका कारण बुझ्न कठिन भएको वताउनुभयो । वढि गएको रकम तत्काल फिर्ता गर्नका लागि गत शुक्रबार महाशाखाले बिद्यालयलाई पत्राचार समेत गरिसकेको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले प्रध्यानाध्यापक रकम फिर्ता गर्न तयार भएको भन्दै खासै समस्या नरहेको बताउनुहुन्छ । गत असारमा रकम बिद्यालयको खातामा गएको थियो । साउन ६ गते महाशाखाले पत्र पठाएर सो रकम रोक्का गरेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.