• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

ए डिभिजन विशेष : मनाङलाई युवा खेलाडीको भर

  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौं पटकको विजेता हो, मनाङ मर्स्याङ्दी क्लब । सी डिभिजनबाट प्रत्येक वर्ष बढुवा हुँदै ए डिभिजनसम्म आइपुग्ने कीर्तिमान यसै क्लबसँग छ ।  व्यावसायिक रूपमा निकै नै सफल मनाङ घरेलु शीर्ष डिभिजन लिगमा सधैँ उपाधि दाबेदारी प्रस्तुत गर्दै आइरहेको हुन्छ । राष्ट्रिय टोली तथा उमेर समूहका खेलाडी लिग समय मनाङ क्लबमै  हुन्छन् ।

    नेपाली क्लबहरूबीच खेलाडीका लागि पैसा खर्च गर्ने क्लबको रूपमा चिनिन्छ मनाङ । त्यसैले नै ठूला र स्टार खेलाडीहरू मनाङमा अनुबन्धन हुन रुचाउँछन् । एक जमना थियाे, खेलाडीबीच मनाङमा अनुबन्धन हुन निकै प्रतिस्पर्धा चल्थ्यो । तर, पछिल्लो समय भने त्यस्तो वातावरण छैन । मनाङभन्दा अन्य क्लबले धेरै खेलाडीको लागि लगानी गर्न थालेका छन् । गत सिजन त मनाङका करिब एक दर्जन खेलाडी नै एकै पटक मछिन्द्र फुटबल क्लब पुगे ।

    त्यसपछि मनाङले युवा टोली बनाएर जसोतसो लिग समाप्त पार्‍याे । तिनै युवा खेलाडीले मनाङलाई तेस्रो स्थानमा अड्काए । यस पटक समेत मनाङ पुनः युवा खेलाडीको भरमा लिगमा होमिँदै छ । २९ कात्तिकबाट सुरु हुँदै गरेको लिगको लागि मनाङले युवा खेलाडी तयार पारेर तयारीमा तीव्रता दिएको छ । हाल मनाङले आफ्नो घरेलु मैदानको रूपमा पोखरा रंगशालालाई अगाडि ल्याएको छ । लिग हुँदै छ काठमाडाैँ उपत्यकामा । मनाङको टोली उपत्यकामै रहेर अभ्यास सत्र बढाइरहेको छ ।

    टोलीमा अधिकांश युवा खेलाडी छन् । राष्ट्रिय फुटबल र नेपालको उमेर समूहबाट खेलेका खेलाडी मनाङमा छन् । मनाङको कप्तानी अन्जन बिष्टले गर्नेछन् । उनलाई  दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दिपक राई, पुजन उपरकोटी, विमल राना, विश्व अधिकारी तथा विदेशी खेलाडीहरू आफिज ओलावाले र एडेलाजा सोमिडेले साथ दिनेछन् ।

    मनाङ यिनै खेलाडीको यात्रासँगै आफ्नो निर्धारित दूरीमा पुग्ने लक्ष्यमा छ । हरेक दुई वर्षमा परिवर्तन हुने कार्यसमितिका कारण मनाङले लिगको केही अघिमात्र तयारी सुरु गर्छ र खेलाडीलाई समेत लामो समय अनुबन्धन गर्न पाउँदैन ।

    यस सिजनमा क्लब युवा खेलाडीको भरमा लिगको दाबेबारी प्रस्तुत गर्ने लक्ष्यमा छ । टोलीका प्रशिक्षक राजेन्द्र तामाङ तयारी राम्रो भएको र लिगमा राम्रो चुनौती पेस गर्ने न्युज कारखानालाई बताउँछन् ।

    ‘लिगको तयारी राम्रो भइरहेको  छ । अझै केही खेलाडी आउने क्रम जारी छ । व्यवस्थापक पाटो पनि राम्रो भएकाले खेलाडीले राम्रो नतिजा दिनेमा विश्वस्त छु’,  गत दुई सिजन विभागीय एपीएफ फुटबल क्लबलाई प्रशिक्षण दिएका ए लाइसेन्स प्राप्त राजेन्द्र भन्छन् ।

    मनाङले यस पटकसमेत ए लाइसेन्समा राजेन्द्रलाई राखेर फुजा तोपेलाई प्रशिक्षकमा भित्र्याउने तयारी गरेको छ । फुजा केही दिनमा नेपाल झर्नेछन् ।

    फुजाको प्रशिक्षणमा मनाङले विना रेलिगेशनको लिगमा कीर्तिमानी आठौं पटक लिगको उपाधि हात पारेको थियो ।

    गत सिजन मनाङले फुजाको प्रशिक्षणमा चौथो स्थान हासिल गरेको थियो ।

    विदेशी खेलाडी आफिल र एडेलाजाको भर

    युवा खेलाडीले भरिएको मनाङ यस पटक पनि विदेशी खेलाडको महत्वपूर्ण प्रदर्शनमा राम्रो नजिता लिने दाउमा छ । जसका लागि मनाङले अट्याकमा नेपालमा अभ्यस्त भइसकेका आफिज ओलावाले र एडेलाजा सोमिडेलाई भित्र्याएको छ ।

    विना रेलिगेशनका लिगमा दुवै खेलाडीले मनाङबाट प्रभावशाली प्रदर्शन गरेका थिए । त्यसपछिको लिगमा आफिज नेपालमै रहेनन् भने एडेलाजा मछिन्द्र लागेका थिए ।

    मनाङलाई कीर्तिमानी आठौं पटक लिग जिताउँदा आफिजले सात गोल गरेका थिए भने एडेलाजाले चार गोल गरेका थिए ।

    यस्तै साविक विजेता मछिन्द्रलाई पहिलो पटक लिगको उपाधि दिलाउँदा एडेलाजाले चार गोल गरेका थिए ।

    पछिल्लो समय भएको नेपाल सुपर लिग (एनएसएल) मा समेत दुवै खेलाडीले क्लबका लागि राम्रो प्रदर्शन दिएका थिए । एनएसएलमा आफिज धनगढीका लागि चार गोल गर्दा एडेलाजाले विराटनगरको लागि दुई गोल गरेका थिए ।

    त्यसैले मनाङले यस सिजनको लिगमा समेत अग्रपंक्तिमा दुई खेलाडीबाट ठूलो आशा गरेको छ ।

    हालसम्म मनाङले अनुबन्धन गरेका खेलाडी 

    अन्जन बिष्ट (कप्तान ) दिनेश राजवंशी, विशाल सुनार (गोलरक्षक), आदित्य चौधरी, प्रवेश दनुवार, दिपक राई, पुजन उपरकोटी, विमल राना, विश्व अधिकारी आफिज ओलावाले, एडेलाजा सोमिडे, अशोक बराल, एकराज  गुरुङ, दिपक राई, सरोज योञ्जन

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.