• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

चितवनमा ‘एम्बुलेन्सको अवस्था’ बिषयमा सिनर्जी एफ.एमको जन बहस

  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विरामी पुराएर दर्ता भएको स्थानमा तत्कालै नफर्किने एम्बुलेन्सलाई कार्वाही हुने भएको छ । चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जको गौरवमय २० औं बार्षिकउत्सवको अवसरमा ‘एम्बुलेन्सको अवस्था’ बिषयमा आयोजित जन बहस कार्यक्रममा दर्ता भएकै ठाउँमा एम्बुलेन्सले विरामी कुर्नुपर्ने नियमलाई कडाईका साथ कार्यन्वन गर्नु पर्ने भन्दै सरोकारवालाहरुले कार्वाहीको लागि जोड् दिएका हुन् । अस्पतालमा विरामी कुरेर वस्ने तर ग्रामिण भेग र दर्ता भएका ठाउँमा एम्बुलेन्स नहुने गरेको भन्ने प्रश्नको जभाफ दिदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत यस विषयमा प्रशासनले कडई गर्ने बताउनु भयो ।

    उहाँले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनका लागि नियमहरु कडाइका साथ लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य थापाले सेवा दिन गाह्रो मन्ने र फोन सम्पर्कमा नआउने एम्बुलेन्सहरुलाई दर्ता खारेजी प्रक्रिया सम्म लैजान सकिने बताउनु भएको छ । एम्बुलेन्स अति आवश्यक सेवा हो हामीले सेवामा रहेका एम्बुलेन्सहरुलाई चेकजाँचमा कडईपनि गरेको छैन् तर उद्धेश्य अनुसार एम्बुलेन्सले सेवा नदिएको भन्ने गुनासो आएमा हामीलाई खबर गर्नुस्, त्यस्ता एम्बुलेन्सको दर्ता खारेजी पनि गर्न सक्छौँ ( उहाँले भन्नु भयो ।

    स्वास्थ्य कार्यलय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले प्रशासन संग समन्वय गरेर आम सर्वसाधारणले थाहा पाउँने गरी एम्बुलेन्सको भाडादर सार्वजनिक ठाउँमा राखिने समेत बताउनु भएको छ । बहसमा भाडामा सेवाग्राही ठगिने गरेको भन्ने प्रश्न उठेसंगै उहाँले यस्तो प्रतिवद्धता गर्नु भएको हो । यस्तै, संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले बहसमा एम्बुलेन्स चालक र संघ माथि उठेका प्रश्नको जवाफ दिदैं आफूले एम्बुलेन्स संघ सम्बन्धित अनुगमनको विरोध नगरेको बताउँदै एम्बुलेन्सको अनुगमन गर्दा निष्पक्ष र समान तरिकाले गर्न आग्रह गरे ।

    यसैगरी, जुनसुकै अवस्थामा पनि अगुगमन गर्न, तथा एम्बुलेन्सलाई प्रयोग गरि का गैरकानुनी काम गरेको थाहा पाए कारवार्ही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले चेतावनी दिए । बहसमा एम्बुलेन्स चालकहरुले पनि सेवा दिने क्रमका आफना भोगाइहरु सुनाउँदै आफूहरु माथि आइलाग्ने आरोपले काम प्रति झनै नैराश्यता लाग्ने बताएका थिए । उनीहरुले बिरामीको ज्यान एम्बुलेन्स चालकहरुको हातमा हुने बताँउदै चालकलाई आधारभूत स्वास्थ्य सम्बन्धी तालिम तथा जानकारी दिनु जरुरी रहेको बताएका थिए ।

    निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारीले स्वास्थ्य क्षेत्रको अभिन्न अंगको रुपमा रहेको एम्बुलेन्स सम्बन्धी निर्देशिका अनुसार सेवा दिन नसकिएको कुरा स्वीकार गर्दै प्रभावकारी सेवाका लागि सबैको सहकार्य आवश्यक भएको बताए । पछिल्लो समय चितवनमा एम्बुलेन्स चालकले फोन नउठाएको, बिरामी लिएर अस्पताल आएपछि अस्पतालमै बसेको, अनुगमनको पाटो पित्तलो भएको, बिरामीसँग बढी भाडा लिएको, सुविधायुक्त एम्बुलेन्स नभएको लगायतका जनगुनासोहरु बढ्दै गइरहेको छ ।

    सिनर्जी एफएमको प्राङगणमा भएको बहसमा चितवनमा एम्बुलेन्स सेवाको वर्तमान अवस्था, जनगुनासो, एम्बुलेन्सका मापदण्ड, निर्देशिका, सेवाको प्रभावकारिता, सुधार गर्नुपर्ने पक्ष, अनुगमन लगायतका बिषयमा छलफल भएको थियो । आजको बहसमा उठेका सवालहरुलाई आआफ्नो जिम्मेवारी अनुरुप उपस्थित अतिथिहरुले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । एम्बुलेन्स जस्तो अति संवेदनशील बिषयमा भएको बहसले चितवनमा देखिएको विकृति विसंगति हट्दै जानेमा आफूहरु सकारात्मक रहेको बताएका थिए ।

    कार्यक्रमको अन्तमा बहसको कार्यक्रम प्रस्तोता एवं सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जनसरोकारका सवालमा सिनर्जी एफएमले आगामीमा दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए । —

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.