चितवन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य बहादुर थापाको सरुवा भएको छ ।
उनी १७ महिनादेखि चितवनमा थिए । थापाको नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएको हो । थापाको सरुवा भएसँगै चितवन प्रहरीको प्रवक्ताको जिम्मेवारी डिएसपी नरहरी अधिकारीले पाएका छन् ।
अधिकारी चार महिनादेखि जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत छन् ।








