काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
साथै तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको छ । जुन बिहीबारको भन्दा १५ रुपैयाँले बढी हो ।








