काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि शनिबार दिउँसो प्रचण्डलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनमा रक्तचाप बढेको बताइएको छ ।
यद्यपी, प्रचण्डको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने आइसकेको छैन ।








