काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ५८६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।








