• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

देउवाको नेतृत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन, कसलाई के जिम्मेवारी ?

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसले मंसिर अन्तिम साता हुने १४औं महाधिवेशनका लागि मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा १४औं महाधिवेशन मूल तयारी समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । १४ औं महाधिवेशन मूल तयारी समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहेका छन् ।

    प्रवक्ता शर्माका अनुसार अर्थ संकलनका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । समिति पूर्णता दिने अधिकार कार्कीलाई नै दिइएको छ । भोजन तथा आवास व्यवस्थापनमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिमा पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महत, प्रचार प्रसार समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह मञ्च व्यवस्थापन समितिमा काठमाडौंका जिल्ला सभापति संयोजक रहनेगरी भक्तपुर र ललितपुरका सभापतिलाई जिम्मा दिइएको छ ।

    स्वास्थ्य समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, स्वयंसेवक व्यवस्थापक मूल समितिको संयोजकमा नेपाल भूतपूर्वसैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्के राना रहेका छन् । यी समितिमा संयोजकहरुले आवश्यकताअनुसार सदस्य चयन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । धेरै जिल्लामा वडा अधिवेशन भइसकेको र स्थगित भएका केही जिल्लाको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तय गर्ने प्रवक्ता शर्माले बताए ।

    उनकाअनुसार ३ मंसिरमा हिमाली पहाडी जिल्ला (जहाँ एउटा निर्वाचन क्षेत्र छ) बाहेक एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा प्रदेश अधिवेशन हुँदैछ । ६ गते संघीय क्षेत्रको अधिवेशन भएर १० मंसिरमा सम्पन्न भइसकेका हिमाली जिल्ला बाहेक सबै जिल्लाको जिल्ला अधिवेशन हुनेछ । आयोजना गर्न आयोजक समितिहरु पनि गठन गरिएको छ । प्रदेशमा प्रदेश सभापतिको नेतृत्वमा, संघमा संघीय सभापतिको नेतृत्वमा र जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा समिति रहने प्रवक्ता शर्माले बताए ।

    तर सातवटा प्रदेशमा प्रदेश संरचना पहिलोपटक बनाउन लागेकाले १६(१७ मंसिरमा सम्पन्न हुने अधिवेशनका लागि केन्द्रबाट संयोजक तोकेर आयोजक समिति प्रस्ताव गरिएको छ । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशको बुटवलमा हुने अधिवेशनका लागि गृहमन्त्री बालकृष्ण खाड, कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू तोकिएका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.