• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

ए डिभिजन विशेष : ठूला क्लबलाई माथ दिने तयारीमा ब्रिगेड ब्वाइज क्लब

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरका ६ मध्येको एक क्लब हो ब्रिगेड ब्वाइज क्लब (बीबीसी) । लाहुरेहरूले सञ्चालन गरेको बीबीसीको शीर्ष डिभिजन लिगमा त्यति राम्रो इतिहास छैन । क्लब इतिहासमा ठूलो उपलब्धि हात पार्न सकेको छैन । पछिल्ला ६ संस्करणका लिग खेलेको बीबीसीले हालसम्म कुनै पनि लिगको उपाधि जितेको छैन ।

    पछिल्ला संस्करणमा रेलिगेसनबाट जोगिनुनै उसका लागि उपलब्धि हो । २०४४ मा स्थापना भएको बीबीसीले ६ पटक लिग खेल्दा एक पटक रेलिगेसन (घटुवा) हुनु पर्‍याे । ०६८ मा रेलिगेसनमा परेको बीबीसी ०७५ मा पुनः ए डिभिजन लिग खेल्न बढुवा भएको थियो ।

    देशकै शीर्ष डिभिजनको लिगमा बीबीसीले रेलिगेसनमा बच्नु बाहेक शीर्ष ६ मै आफ्नो स्तर उभ्याएको छ । उमेर समूहबाट आफ्नो प्रतिभा निखार्दै गरेका खेलाडीलाई जम्मा गरेर बीबीसीले आफ्नो लक्ष्य पूरा गर्दै आएको छ । एन्फा एकेडेमीका खेलाडीलाई जम्मा गरेर क्लबले दुई पटक यू-१८ ललित स्मृति प्रतियोगिताको उपाधि जितेको छ ।

    एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिताको तीनमध्ये पछिल्ला दुई संस्करण बीबीसीले जित्यो । सोही प्रतियोगिता खेलेका खेलाडीले पछिल्लो दुई सिजनका लिगमा बीबीसीलाई रेलिगेसन जोनबाट बचाए । ०७५ मा भने बिना रेलिगेसनकाे लिग आयोजना भयो ।

    अनिल गुरुङको कप्तानीमा खेलेको बिना रेलिगेसनको लिगमा बीबीसीले १२औं स्थान हासिल गरेको थियो । सिंगल राउन्ड रोबिनको लिगमा १३ खेल खेल्दा बीबीसीले २ जित, ४ बराबर र ७ खेलमा हार ब्यहोर्दै १० अंक जोडेको थियो ।

    एक मात्र ‘सरस्वती युथ क्लब’ रेलिगेसनमा परेको लिगमा पनि मछिन्द्रले १३औं स्थान पायो । एक स्थानले गर्दा घटुवा हुनबाट बचेको बीबीसीले १३ खेलमा २ जित, ३ बराबर  र ८ खेल हार्दै ९ अंक हासिल गर्‍याे ।

    ३ मंसिरबाट सुरु हुने तय भएको लिगमा बीबीसीले विभागीय एपीएफ फुटबल क्लबसँग दशरथ रंगशालामा खेल्दै लिगको सुरुआत गर्नेछ ।  दोस्रो खेलमा भने न्युरोड टिम एनआरटीको सामना गर्नेछ ।

    बीबीसीले ०६१ मा पहिलो पटक लिग खेल्दा नवौं स्थानमा रहँदै आफूलाई रेलिगेसन जोनबाट बचाएको थियो । त्यो नै क्लबले हालसम्म लिग निकालेको सबैभन्दा राम्रो नतिजा हो ।

    यस पटक भने क्लबले केही सुधार गर्दै शीर्ष ६ मा आफूलाई राख्न चाहन्छ । त्यसका लागि पुनः बीबीसी युवा खेलाडीको भरमा छ ।

    ‘वास्तवमै लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको छैन । यस पटक भने हामी शीर्ष ६ मा लिग टुंगाउने गरी तयारी गरिरहेका छौं,’ क्लबका व्यवस्थापक अर्विन्द गुरुङ भन्छन् ।

    यस पटक राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बीबीसी युवा खेलाडीको भरको ठूला टोलीलाई मात दिने सोचमा छ । यस पटक लिगमा दुई टिम रेलिगेसनमा पर्नेछन् । त्यसैले रेलिगेसनबाट बच्न पनि बीबीसीले ठूला टिमविरुद्ध अविश्वसनीय नतिजा निकाल्ने दाउमा छ । लिग जित्न ठूलो लगानी गरेका मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी फुटबल क्लबलाई बीबीसीको प्रदर्शनले टाउको दुखाउने छ ।

    बीबीसीको प्रशिक्षकमा हुनेछन् सनोज श्रेष्ठ । सनोज नेपालको यू-१६ टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । अब, टोलीलाई कुन दिशा दिने र कुन स्थानसम्म पुर्‍याउने त्यो भने सनोजको रणनीतिले तय गर्नेछ ।

    यस पटक बीबीसीले गत सिजन खेलेका गोलरक्षक विशाल सुनार, जया गुरुङ, रितिक खड्का जस्ता खेलाडी गुमाएको छ । तीनै खेलाडीले क्लब छाडेर अन्यत्र बाटो रोजेका छन् । बिबिसीले मनाङ लागेका विशालको स्थानमा थ्रीस्टारका पूर्वखेलाडी पूर्ण चेम्जोङलाई क्लबमा भित्र्याएको छ ।

    यस्तै गत सिजन विभागीय नेपाल पुलिस क्लबबाट खेलेका युवा डिफेन्डर विशाल बस्नेतलाई भित्र्याएको छ । विशाल चोटका कारण सुरुवाती खेलमा भने बेन्चमा रहनेछन् । अन्य केही खेलाडीले नवीकरण गरेका छन् भने केही खेलाडी सातदोबाटोलाई बी डिभिजनमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका बीबीसी आएका छन् ।

    ‘युवा खेलाडीले राम्रो गरिरहेका छन् । हामीले तीन अभ्यास खेल खेल्यौं । खेलाडीले सोचेको भन्दा राम्रो गरेका छन् । शीर्ष ६ मा रहनेमा हामी आशावादी छौं,’ गत लिगका अन्तिम खेलहरूमा ‘टच लाइन’ मा देखिएका अर्विन्द भन्छन् ।

    बीबीसीका खेलाडी :

    पूर्ण चेम्जोङ, एन्जल श्रेष्ठ, दिवाकर चौधरी, रमेश राजवंशी, विशाल बस्नेत, रन्दीप पौडेल, रोशन राना मगर, रजत तिवारी, एन्जल महर्जन, मनोज राई, देपेश गुरुङ, सुरज गुरुङ, दोर्जे तामाङ, मोहन लिम्बू, रुडी, ईबोडे, ड्याडी जुनियर
    प्रशिक्षक : सनोज श्रेष्ठ  

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.