• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

नेपाल बन्द : ‘काठमाडाैंकाे बस भाडा साढे चार सय हाेइन, आठ सय पर्छ’

  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । काठमाडौँमा आफन्तको निधन भएपछि रत्ननगर टाँडीका सरोज अधिकारीलाई सोमबार नै काठमाडौँ जानुपर्ने भयो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेकाले काठमाडौँ जाने गाडी एकदमै कम भेटिएका थिए । नारायणगढ पुलचोक पुगेपछि धेरै गाडी भेटिने आशमा उनी सोमबार साँझ बुटवल जाने गाडी चढेर पुलचोक ओर्लिए ।

    पुलचोकमा पनि उनले सोचेँ जसरी काठमाडौँ जाने गाडी आएका थिएनन् । राति ८ बजेसम्म गाडी कुर्दा पनि गाडी नआएपछि उनी टोलाएर बसेका थिए । त्यत्तिकैमा एक जना व्यक्ति आएर काठमाडौँ जाने ट्याक्सी तयार रहेको बताए । उनी ट्याक्सी चढे । ट्याक्सीमा अरु यात्रु पनि थिए । ट्याक्सी चालकले एक हजार भाडा लाग्ने बताए ।

    बीच बाटोमा पुगेर अलपत्र परेका उनले एक हजार रुपैयाँ भाडा तिर्ने सहमति भयो । तर, ट्याक्सी चालकले मादक पदार्थ सेवन गरेका रहेछन् । अल्लि पर पुगेपछि ट्याक्सीबाट ओर्लेर उनी पुनः पुलचोकमै पुगे ।

    ‘आफन्त बितेर जानै पर्ने भएर यहाँसम्म आइयो । मंगलबार बन्द रहेछ । गाडी पाउनै सकिएन,’ उनले गुनासो गरे, ‘जति भाडा मागे पनि तिर्छु भनेर चढेको थिए । ड्राइभरले त रक्सी पो धोकेको रैछ । उ..पर पुगेर झरेर आएँ ।’

    करिब आधा घण्टा कुरेपछि ग१ख ९११२ नम्बरको बस आइपुग्यो । काठमाडौँ जानका लागि पुलचोक पुगेर गाडी कुर्नेको भिड थियो । गाडीले ‘काठमाडौँ..काठमाडौँ’ जाने भनेपछि यात्रु गाडीको पछि दगुरे । गाडीका साहुले आठ सय रुपैयाँ भाडा लाग्ने बताए ।

    मंगलबार काठमाडौँ नपुगि नहुने सरोज जस्ता केहि यात्रु आठ सय रुपैयाँ भाडा भने पनि गाडीको सिटमा गएर बसे । नारायणगढदेखि काठमाडौँको वास्तविक बस भाडा साढे चार सय रुपैयाँ हो ।

    भाडा महँगो मानेका केही यात्रुले भने ‘किन यति धेरै महंगो ?’ भनेर गाडी सहचालकलाई प्रश्न गरे ।

    वैदेशिक रोजगारीमा जानु पूर्वतालिम लिन काठमाडौँ जान लागेका भरतपुर महानगरपालिका–९ का दिनेश रेग्मीले मंगलबार बन्द भन्दैमा बढी भाडा असुल्न पाइन्छ ? भन्दै प्रश्न गरे । सहचालकले भने काठमाडौँको वास्तविक भाडा पाँच सय भए पनि बाध्यतामा पर्ने यात्रु जसरी पनि आठ सय रुपैयाँ तिरेर जाने खुलाए ।

    ‘भोलि बन्द छ । जानै पर्छ । अफिसतिर जानुपर्ने मान्छे झन् जानैपर्छ । नेपाल बन्द भए पनि अफिस त पुग्नै पर्‍याे,’ उनले भने, ‘पाँच सयमा त हुँदैन । भोलि बन्द छ । आठ सय नै हो भाडा ।’ पाँच सय रुपैयाँमा मिलाउन आग्रह गर्दा पनि गाडीवालाले भाडा नमिलाएको रेग्मीले गुनासो गरे ।

    ‘गाडी नै नपाइने । पाए पनि अचाक्ली महँगो । त्यहि भएर अर्काे दिन जानुपर्ला भनेर फर्किए,’ रेग्मीले भने । त्यसअघि उनले काठमाडौँ जाने माइक्रो फेला पारेका थिए । मुढामा बसेर गएपनि पाँच सय रुपैयाँ भाडा लाग्ने भनेपछि आफु नचढेको उनले बताए ।

    गाडीले भाडा महँगो भनेपछि उनले प्रहरीलाई पनि जानकारी गराए । पुलचोकमा खटिएका एक जना प्रहरी गाडीभित्र पसेर भाडा महंगोको विषयका गुनासो भए बताउन आग्रह गरे । बाध्यात्मक अवस्थाका यात्रु चुपचाप बसे ।

    विप्लव माओवादीको बन्दका कारण धेरै यात्रुले सास्ती पाएका छन् । यहि बन्द यातायात व्यवसायीलाई भने मौकामा चाैका भएको छ । चाडपर्व होस् वा अन्य कुनै आपत परेको बेला होस् । यातायात व्यवसायीले यात्रुलाई लुट्नुसम्म लुटेका हुन्छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.