काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म क्रमितमध्ये एक हजार १ सय ८६ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।








