• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

न्यायालय विवादमा न्यायाधीशहरूको ‘एक तिर दुई निशाना’ रणनीति, बारले के गर्ला ?

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा सर्वोच्च अदालतका न्यायाधीशहरुले मध्यमार्गी प्रस्ताव गरेका छन् । सोमबारको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा बटमलाइन बनाएर आएका बारका पदाधिकारीको कुरा सुनेका न्यायाधीशहरूले मंगलबार जवाफ दिने क्रममा आन्दोलित वकिलसँग ‘एक तिरमा दुई निशाना’ हुने खालको प्रस्ताव गरेका हुन् ।

    न्यायाधीशहरूले गरेको प्रस्ताव हो इजलासमा फर्किने । यसमा उनीहरूले बारका पदाधिकारीको समर्थन खोजेका छन् । २३ दिनदेखि इजलास नबस्दा न्याय सेवा प्रवाहमा अवरोध भएर सेवाग्राही र आमजनमानसमा न्यायाधीशप्रति नकारात्मक सन्देश गएकोमा चिन्ता व्यक्त गर्दै न्यायाधीशहरूले निश्चित सर्तसहित मुद्दा हेर्नेगरी इजलासमा फर्किने प्रस्ताव गरेका हुन् ।

    सर्तसहित इजलासमा फर्किँदा जनस्तरसम्म सुनिने सेवाग्राहीको आक्रोश मत्थर हुने र अर्कोतिर प्रधानन्यायाधीशको राजीनामाको आन्दोलन अघि बढ्नेगरी ‘सर्प पनि मर्ने र लाठी नभाँचिने’ रणनीतिमा न्यायाधीशहरू बारका पदाधिकारीसँग प्रस्तुत भएका हुन् ।

    न्यायाधीशहरूसँग छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले मंगलबारको बैठकमा एकअर्काको अडान र समस्याको बारेमा छलफल भएको बताए । ‘उहाँले हाम्रो कुरा सुन्नुभयो । हाम्रो प्रधानन्यायाधीशको राजीनामाको बटमलाइन सुनायौं,’ उनले भने, ‘उहाँहरूले प्रधानन्यायाधीशले छोड्नुपर्छ भन्ने तपाईँको बटमलाइनमा हाम्रो असहमति होइन । हामी तपाईँहरूसँगै छौं । तपाईँहरूको कार्यक्रम आफ्नै ढंगले लानुस् । त्यसमा हाम्रो सहयोग रहन्छ भन्नुभयो ।’

    साथै न्यायाधीशहरूले आफ्नो अफ्ठेरो पनि सुनाएको शाक्यले बताए । प्रधानन्यायाधीशको तुरुन्तै राजीनामा नआउने अवस्थामा सुनुवाइ रोकेर राख्न गाह्रो भएको कुरा न्यायाधीशरूले बारका पदाधिकारीलाई बताएका थिए ।

    तर, इजलासमा फर्किन पनि सर्त राखेका थिए । ‘प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने, गोलाप्रथाबाट तोकिएको सूचीमा मुद्दा हेर्नका लागि एउटा निकास दिनुपर्‍यो । प्रधानन्यायाधीशले तोकेकोमा नबस्ने, गोलप्रथाबाट तोकिएकोमा बस्ने भन्ने उनीहरूको कुरा छ,’ वरिष्ठ अधिवक्ता शाक्यले भने, ‘तपाईँहरूको मुभमेन्ट अगाडि बढिरहन्छ, हाम्रो सुनुवाइ अघि बढ्दा दुइटै साप पनि मर्ने लठ्ठी पनि नभाचिने भनेर उहाँहरूले हामीसँग प्रस्ताव गर्नुभएको छ ।’

    उनकाअनुसार बारको सहयोगबिना त सुनुवाइ हुननसक्ने र वकिल बहस गर्न नगएमा इजलास बसेको औचित्य नहुने भएकाले न्यायाधीशले बारको सहयोगमै इजलासमा फर्किन प्रयत्न थालेका हुन् ।

    एकातिर प्रधानन्याधीश जबराको बहिर्गमनमा बारको आन्दोलनमा न्यायाधीले साथ दिने र अर्कोतिर बाहिर न्यायाधीशका कारण जनस्तरमा सेवाग्राहीले सेवा नपाएको गुनासोरआक्रोश मत्थरका लागि बारले सुनुवाइमा सघाउने गरी बार र असन्तुष्ट न्यायाधीशबीच छलफल चलेको हो ।

    न्यायाधीशको यो प्रस्तावमा बार कार्यसमिति तथा सल्लाहकारसँग छलफल गरिने र इकाईसँग पनि समन्वय गरिने शाक्यले बताए । ‘उहाँहरुले पनि हुन्छ भन्यो भने हामी मान्छौं । तर हाम्रो कार्यक्रम अझ सशक्त ढंगले जान्छ । त्यसमा कुनै कम्प्रमाइज हुँदैन,’ उनले भने ।

    यो प्रस्ताव १९ जना न्यायाधीशकै भएको बताउँदै शाक्यले यसमा सहमति भए पनि प्रधानन्यायाधीशलाई भने बहिष्कार गरिरहने बताए । ‘अरु न्यायाधीशलाई के गर्ने भन्ने निर्णय गर्छौं,’ उनले भने । यो प्रस्तावमा छलफल गर्न आज बुधबार दिउँसो १ बजे सर्वोच्च बारको बैठक बस्दैछ ।

    नेपाल बार एसोसिएसनले भने न्यायाधीशहरुको प्रस्ताव अस्वीकार गरेको छ । न्यायाधीशहरु इजलासमा गए उनीहरुको पनि राजीनामा मागेर आन्दोलन गर्ने चेतावनी बारले दिएको छ ।

    मंगलबार साझ बसेको कार्यसमिति बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म न्यायाधीशहरुलाई इजलासमा नजान चेतावनी दिँदै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

    जसमा प्रधानन्यायाधीश जबराबारे निर्णय लिन राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, देशभरबाट कानुन व्यवसायी बोलाएर बृहत् विरोध कार्यक्रम गर्नेदेखि जबराले गरेका फैसला अध्ययन तथा स्वेतपत्र जारी गर्नेसम्मका कार्यक्रम घोषणा गरिएको महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.