• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाइने, पाँच करोडभन्दा बढी खर्च हुने अनुमान

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनितिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा गरिएको छ ।

    नेकपा (एकिकृत समाजवादी) लाई  ‘अवैध’ भन्दै आएको एमालेले आफ्नो महाधिवेशनको उद्घाटन सत्रमा नबोलाउने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन गरेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा नेकपा (एस) बाहेक सबै दललाई निमन्त्रणा गरिएको जानकारी िदए ।

    ‘महाधिवेशनमा बस्ने इच्छा भएको भए त उहाँ सम्मानित नेता भएर बसिहाल्नु हुन्थ्यो नि । एमाले नै छाड्नु हुन्थेन । अर्काे पार्टीको आमन्त्रित सदस्य भएर आउनुपर्ने नै थिएन’, उनले भने । महाधिवेशनमा दजनौँ विदेशी पार्टीका नेताहरू सहभागी हुने उनले बताए ।

    महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । बन्द सत्रमा सहभागीहरूलाई आवास तथा खानपानको व्यवस्था गर्न सौराहामा सञ्चालित होटलका ३५ सय कोठा बुक गरेर सम्झौता पनि भइसकेको छ ।

    यसअघि चार हजार कोठा बुक गर्ने भनिएकोमा सम्झौताका बेला ३५ सय वटा कोठा मात्रै बुक गरिएको हो । एमालेको महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुँदै छ । बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको एमालेको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

    एमालेको १०औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी तीन तहकै चुनावमा बहुमत हासिल गर्ने संकल्प गरिने भट्टराईले बताए । ‘चितवनमा हुने महाधिवेशनबाट एमालेलाई थप एकताद्ध र सदृढ बनाएर फर्किन्छौँ । र यहाँबाट फर्किदा सामूहिक रूपमा यो संकल्प गर्छाैँ कि आउने स्थानीय चुनाव र प्रदेश र संघको चुनावमा एमालेले बहुमत हासिल गर्ने छ’, उनले भने । एमालेलाई कम्युनिष्ट क्रान्तिकारीहरूको मूल पार्टीका रूपमा स्थापित गर्ने अर्काे संकल्प लिइने उनले बताए ।

    ७ मंसिरमा मोटरसाइकल र्‍याली

    महाधिवेशनको प्रचारप्रसारका लागि ७ मंसिरसम्म जिल्लाहरुका पालिका र वडा तहमा महाधिवेशन केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्न निर्देशन दिइएको उनले बताए । ७ मंसिरमा देशभरका पालिका र जिल्ला तहमा एकैचोटी मोटरसाइकल र्‍यालीको आयोजना गरिँदै छ । ‘जिल्ला जिल्लामा १० मंसिरमा चितवन जाऔँ भन्ने अभियान सुरु भएका छन्’, उनले भने ।

    महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट एमालेका कार्यकर्ता र शुभेच्छुक गरी पाँच लाखभन्दा बढी सहभागी हुने उनले दाबी गरे । महाधिवेशन सम्पन्न गर्न पाँच करोडभन्दा बढी नै लाग्ने अनुमान गरिएको भट्टराईले बताए । त्यसका लागि पार्टी सदस्यहरूबाट प्रतिसदस्य एक सय रुपैयाँ उठाइएको छ । देशभरबाट प्राप्त पार्टी सदस्यहरूको विवरणअनुसार एमालेको सदस्य संख्या आठ लाख १० हजार पुगेको उनले बताए ।

    नेतृत्व चयन सर्वसम्मतले हुने विश्वास

    यसपटकको महाधिवेशनमा नेतृत्वको विषयमा अझै पनि दाबी र विरोधको माहोल बनेको छैन । एमालेबाट माधवकुमार नेपालको समूह छुट्टिएर गएपछि अध्यक्ष केपी ओली नै बलिया देखिन्छन् । नेताहरू ओलीले कसलाई के जिम्मेवारी दिन्छन् भनेर कुरेर बसेका छन् ।

    एमालेले ६६ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । त्यसमध्ये ९५ प्रतिशत न्दा बढी जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । ‘अधिकांश प्रतिनिधि सर्वसम्मत ढंगले छानिनुभएको छ । यसले के संकेत गर्छ भने एमालेको महाधिवेशन पनि सर्वसम्मतको दिशामा गयो’, उनले भने, ‘चितवनमा हुने महाधिवेशनले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । हामी त्यो दिशामा जाने कोसिस गर्ने छौँ ।’न्युज कारखाना

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.