चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला अदालत, चितवनले २०७५ चैत २७ गते फैसला गरी १ महिना कैद र ४३ लाख ६४ हजार ९४३ रुपैयाँ जरिवाना तिर्नुपर्ने ठहर गरेपनि फरार भएका व्यक्तिलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चोरी मुद्धाका फरार प्रतिवादी मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने बर्ष ३६ का सन्तोष खड्का छन् । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत चितवन पठाइने प्रहरीले जनाएको छ ।








