चितवन – पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को वडा कमिटी गठन भएको छ । शनिबार सम्पन्न वडा सम्मेलनले १६ वटै वडामा सर्वसम्मत कमिटी गठन गरेको हो । रत्ननगर १ मा विष्णु प्रसाद शर्माको अध्यक्षतामा कमिटी गठन भएको छ । कमिटीको सचिव शकर गिरी चयन भएका छन् ।
यस्तै २ को अध्यक्षमा भिम वहादुर थापा तथा सचिवमा खेमलाल दाहाल चयन भएका छन् । वडा नम्बर ३ को अध्यक्ष हिमालय खनाल, सचिवमा केपि पराजुली, ४ को अध्यक्षमा शिवप्रसाद वास्तोला, सचिवमा टीका तामाङ, ५ को अध्यक्षमा नारायण महतो, सचिवमा मने दमै, ६ को अध्यक्षमा खगराज खनाल, सचिवमा छुना रेग्मी, ७ को अध्यक्षमा यसराम महतो, सचिवमा अशल तमाङ, ८ को अध्यक्ष राजेन्द्र थपलिया, सचिवमा प्रतिमा चौधरी, ९ को अध्यक्षमा नन्दु रेग्मी र सचिवमा विष्णु पोखरेल चयन भएका छन्।
यस्तै वडा नम्बर १० को अध्यक्षमा विष्णु सुवेदी, सचिवमा दिपक रायमाझी, ११ को अध्यक्षमा यज्ञ धमला, सचिवमा लक्ष्मी चौलागाई, १२ को अध्यक्षमा सुशील तिवारी, सचिवमा विनोद अधिकारी, १३ को अध्यक्षमा सन्तोष घिमिरे, सचिवमा खिम बहादुर घर्ती, १४ को अध्यक्षमा चिरिञ्जिवी घिमिरे, सचिवमा टंक खनाल, १५ को अध्यक्षमा देवी बस्ताकोटी, सचिवमा धुर्व लामिछाने तथा १६ को अध्यक्षमा रामप्रसाद रिमाल र सचिवमा वुद्धि गुरुङ चयन भएका छन् ।








