काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्। ,कुल संक्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यी सहित संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ८ हजार ६ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म १ लाख ७५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।








