चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का २६ वर्षिय आशिष थापा, २२ वर्षिया कञ्चन उपरकोटि, भरतपुर महागरपालिका वडा नम्बर ३ का २२ वर्षिय अविनास वोटे, वडा नम्बर ४ का २१ वर्षिय भूदत्त परियार र गैडाकोट नगरपालिका वडा नम्बर १६ की १९ वर्षिया वविता महत्तो रहेको चितवन प्रहरी प्रवत्ता सुर्य थापाले जानकारी दिए ।
उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ बिक्रममार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २ सय ५५ एम्पुल, मफिन २ सय ५५ एम्पुल, डाईजेपाम २ सय ५५ एम्पुल वरामद गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आज जिल्ला अदालत चितवनमा लागुऔषध ओसारपोसारमा मुद्धा दर्ता गरिएको उहाँले बताए । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दर्ता गरिएको हो ।
चितवनमा लागु औषध सहित पाँच जनालाई पक्राउ
चितवनमा लागु औषध सहित पाँच जनालाई पक्राउ
- अ
- अ
- अ








