• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का, थ्री स्टारको रवाफ

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।   कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।

    सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो । शुक्रबार (३ मंसिर) बाट सुरु भएको लिगको पहिलो चरणमा ७ खेल भए ।

    पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिगविजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले शतप्रतिशत जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे ।

    साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र  सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने एक अंक हासिल गरे ।

    विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब  र च्यासल युथ क्लब भने पराजित भए ।

    लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्री स्टार क्लबले ३-० ले पराजित गर्‍याे ।

    लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्‍याे । पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १-० कठिन जित पायो । पहिलो चरणको छैटौं  तथा विभागीय डर्बीको खेलमा साविक विजेता आर्मी नेपाल पुलिससँग १-१ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २-१ को कठिन जित पायो ।

    अघिल्लो वर्ष (२०७६) मा अन्तिम खेलमा लिग जित्न एक अंक आवश्यकता रहेको समय मछिन्द्रलाई १-० ले नतिजा सुम्पिएको आर्मीले यस सिजन भने सुरुवाती खेलमै धक्का व्यहोर्‍याे । लिग जित्ने दाबीसहित प्रतियोगितामा होमिएको आर्मी सुरुआती खेलमै विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग १-१ गोलको बराबरीमा रोकियो ।

    सुरुवातबाट आक्रमक खेल खेलेको आर्मी नेपाल पुलिसको डिफेन्स लाइन भने चिर्न सकेन । पहिलो हाफमा पुलिसका खेलाडीले आर्मीको आक्रमणलाई रोक्न सफल भए । दोस्रो हाफमा दबाबकै बीच पुलिसले ‘सेट पिस’ मा गोल गर्‍याे । राष्ट्रिय टोलीका सदस्य तेज तामाङले प्रहार गरेको फ्रिकिकमा रक्षक सन्तोष हेमरुङले खेलको ५१ मिनेटमा हेडिङ गोल गरे । जससँगै दबाबकाबीच पुलिसले १-० को अग्रता बनायो ।

    आर्मीले गोल खाएपछि दुई खेलाडी परिवर्तन गर्‍याे । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले खेलको ६१ मिनेटमा डिफेन्समा पुलिसका खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै उत्कृष्ट गोल गरे । उनले मैदान प्रवेश गरेको तीन मिनेटमा गोल गरेका थिए ।

    यस नतिजासँगै आर्मीलाई उपाधि यात्रामा केही कठिनाइ पक्कै हुनेछ । लिग जित्ने दाबी गरेको आर्मी पहिलो खेलमै रोकिन पुग्यो । आर्मीले यस बराबरीलाई लिएर नराम्रो भने पक्कै महसुस गरेको छैन । समग्रमा विभागीय प्रतिद्वन्द्वी बलियो भएकाले आर्मीले आगामी खेलमा आफ्नो अग्रपंक्तिमा सुधार गर्दै ३ अंकका लागि खेल्ने बताएको छ ।

    यद्यपि लिग जित्न १३ मध्ये कम्तीमा ९ खेल जित्नुपर्ने हुँदा यस्ता बराबरीले भने टोलीको उपाधि यात्रामा निकै कठिनाइ पक्कै हुनेछ ।

    यता, पहिलो चरणमा थ्री स्टारले प्रभावशाली प्रदर्शन गर्‍याे । ललितपुर डर्बीमा थ्रीस्टारले बलियो च्यासलविरुद्ध ३-० को सहज जित निकाल्यो । च्यासलविरुद्ध थ्री स्टारले तिनै गोल ‘सेट पिस’ मा गर्न सफल भएको थियो । जुन तीनै गोल डिफेन्डरबाट सम्भव भएको थियो ।

    थ्री स्टारले आफ्नो बक्स, डिफेन्स लाइन, मिड लाइन र आक्रमणमा मजबुत प्रदर्शन गर्दै रवाफिलो जित पायो । थ्री स्टारको यस प्रदर्शनले लिगमा अन्य टोलीका लागि टाउको दुखाइको विषय बन्ने निश्चित छ ।

    अन्य खेलमा भने त्यस्ता कुनै पनि आश्चर्यजनक नतिजा भने आएन । लिगमा ठूला टोलीले साना देखिएका टोलीलाई पराजित गरेका छन् । यता, लिगमा बलियो देखिएका मछिन्द्र र मनाङले भने आफ्नो मजुबत आक्रमणबाट भने त्यति सन्तुष्टि पाउन सकेन ।

    सिंगल राउन्ड रोबिनको आधारमा जारी लिगमा जम्मा ९१ खेल आयोजना हुनेछन् । प्रत्येक टोलीले १३ खेल खेल्दा एक टोली विजेता हुनेछ । प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउँदा  अन्य बरियताका क्लबले भने कुनै पुरस्कार पाउने छैनन् ।

    लिगको प्रत्येक खेलको विजेताले ५० हजार पाउँदा अंक बाढ्ने टोलीले समान २५ हजार पाउनेछन् । खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ । एन्फाले पहिलो पटक लिगलाई ‘फ्लड लाइट’ मा खेलाएको छ । एक खेल दिउँसो हुँदा अर्काे खेल साँझ हुँदै आएको छ ।

    विगतका दिनमा लिगमा दर्शकको अनुपस्थित हुँदा यस पटक भने पहिलो चरणमै तुलानात्मक रूपमा दर्शकको बाक्लो उपस्थिति रहेको छ । साँझका खेलमा झनै प्रतिस्पर्धा बढ्दा आगामी दिनमा झनै दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गर्न सकिन्छ । यसपटक एन्फाले दर्शक तान्नकै लागि टिकट दरसमेत सस्ताउँदै एक सय र पाँच सय रुपैयाँ तोकेको छ ।

    पहिलो चरणमा ७ खेल हुँदा १४ खेलाडीले १६ गोल गरेका छन् । एक खेलाडीले रातोकार्डको सामना गर्दा च्यासलका विदेशी खेलाडी विकास मेलाग्लियाले पेनाल्टी मिस गरे । लिगमा दुइ खेलाडीले दुई गोल गर्दा १२ खेलाडीले एक-एक गोल गरेका छन् ।

    पहिलो चरणमा भएका खेल र नजिता
    १‍‍, फ्रेन्ड्स क्लब ०–० सातदोबाटो युथ क्लब
    २‍‍, हिमालयन शेर्पा क्लब १-१ संकटा क्लब
    ३, च्यासल युथ क्लब ०-३ थ्री स्टार क्लब
    ४, ब्रिगेड ब्वाइज क्लब ३-२ एपीएफ फुटबल क्लब
    ५, जावलाखेल युथ क्लब ०-१ मनाङ मर्स्याङ्दी क्लब
    ६, त्रिभुवन आर्मी फुटबल क्लब १-१ नेपाल पुलिस क्लब
    ७, मछिन्द्र फुटबल क्लब २-१ न्युरोड टिम एनआरटी

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.