काठमाडौँ । दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिनैजसो रेकर्ड बनिरहेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर ९१ हजार पुगेको छ। त्यसैगरी तेजाबी सुनको मूल्य ९० हजार ५६४ रुपैयाँ प्रतितोला तोकिएको छ भने चाँदीको ९५० रुपैयाँ । लकडाउन हुनु अघिल्लो दिन चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।








