• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

सिंगारिँदै एमाले १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल (फोटो फिचर)

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।

    उद्घाटन स्थलमा विशाल मञ्च निर्माण हुँदै छ । मञ्च निर्माणको काम ५० प्रतिशत सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ ।

    बुधबार बेलुकीसम्म मञ्चको ७५ प्रतिशत काम सकिने उनले बताए । उद्घाटन स्थलमा मञ्च निर्माणसँगै प्रचारप्रसारका साइन बोर्डहरू पनि धमाधम बनाइएको छ । नारायणी नदीको पारिपट्टी गैंडाकोटतर्फको किनारमा पनि एमालेको ठूलो बोर्ड राखिएको छ ।

    नदीको दुवै किनारमा सहभागीहरूलाई राख्ने एमालेको योजना छ । टाढा बस्ने सहभागीहरूका लागि ठूलो डिस्प्ले बोर्डको व्यवस्था गरिने श्रेष्ठले बताए । ११ र १२ मंसिरमा बन्द सत्र हुने सौराहामा दुई हजार प्रतिनिधि हटाउने हल निर्माण गरिएको छ ।

    ‘उद्घाटन सत्र हुने स्थान र बन्द सत्र हुने स्थानमा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । मञ्च र हलको निर्माण कार्य सम्पन्न गरेर ९ मंसिर बेलुकीसम्म तयार भइसक्छ’, उनले भने ।

    विभिन्न स्थानमा स्वागत द्वारहरू पनि निर्माण गरिएको छ । पुलचोक, आँपटारी, भरतपुर लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।

    महाधिवेशनको प्रचारप्रसारका लागि मंगलबार भरतपुर र नारायणगढमा मोटरसाइकल र्‍याली निकालिएको छ । युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएका आयोजकले जनाएको छ ।

    जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइकलसहित आएका युवाहरू एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका हुन् । नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको हो ।

    एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

    युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए । भरतपुरसँग जिल्लाका अन्य पालिकाहरूमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको उनले बताए ।

    नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार मंगलबार नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरूमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको थियो ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.