चितवन । भरतपुरमा युवाहरुले एमसिसि खारेजीको माग राख्दै सडकमा बिरोध प्रदर्शन आज गरेका छन्।युवाहरुले एमसिसि संझौता रास्ट्रघाति भएकाले यस सम्झौता गर्न नहुने युवाहरुको भनाइ छ। युवाहरुले एमसिसि खारेज गर,एमसिसि चाहिदैन,देश बेच्न पाहिदैन जस्ता नाराहरु लगाएका थिए। एमसिसिका सन्धर्भमा देश भरि नै बिरोध प्रदर्शनहरु चलि रहेका छन्। सत्ताधारी पार्टी भित्र पनि एमसिसिलाई लिएर बिरोधका आवाजहरु उठेका छन्।








