• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आज ४० जिल्लामा कांग्रेस अधिवेशन, सबैमा गुटगत प्रतिस्पर्धा

  •   शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ ।

    एमालेको महाधिवेशन उदघाटनकै दिन नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा आज जिल्ला अधिवेशन गर्दैछ । धेरै जिल्लामा आज मनोनयन दर्ता र भोलि चुनाव हुँदैछ । चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ ।

    कांग्रेसको ३२ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्वसमेत छनोट भइसकेको छ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए । हालसम्म ३१ जिल्लामा अधिवेशन सम्पन्न भएकामा १६ जिल्लामा सभापति शेरबहादुर देउवा र १४ जिल्लामा नेता रामचन्द्र पौडेल पक्षले जित हात पारेको छ । आज हुन गइरहेका अधिकांश जिल्लामा पनि संस्थापन र इतर समूह प्यानल बनाएर चुनाव लडिरहेका छन् । ललितपुर, कैलालीलगायतका जिल्लामा भने संस्थापन समूहकै दुई प्यानल देखिएको छ ।

    काठमाडौंमा कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीको दुई प्यानल, ललितपुरमा रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्र श्रेष्ठको तीन प्यानल चुनावी मैदानमा देखिएका छन् । प्रदेश २ का जिल्लामा भने उपसभापति विमलेन्द्र निधि, सभापति देउवा र नेता पौडेलको प्यानल बन्ने देखिएको छ ।

    कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ । कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ ।

    सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ। न्युज कारखाना

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.