नवलपुर । लकडाउन केहि खुकुलो भए पछि अहिले नवलपरका स्थानीय तहमा बाटो निर्माण र अन्य भौतिक विकासहरु धमाधम सुरु हुन थालेका छन् ।
सधैको वर्षजस्तै यो वर्ष पनि नवलपुरका स्थानीय तहमा अरु महिनाको तुलनामा असारे विकासमा बढि जोड दिइ विकास निर्माणका कामहरु सुरु गरिएको छ ।लकडाउनका कारण अघि बढ्न नसकेको विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने भन्दै स्थानीय तह असार मसान्तसम्म विकासका योजनाहरु सक्ने दौडमा लागेका छन् ।सरकारले लकडाउनका समयमा अत्यावस्यक वस्तुहरु सञ्चालन हुन दिने निर्णय गरेसँगै विकास निर्माणका कामहरु पनि सुरु गरिएको स्थानीय तहहरुले बताएका छन ।
जिल्लामा रहेका आठ स्थानीय तहरुले भौतिक निर्माण तथा सडकको काम सुरु गरेका छन् ।विकास निर्माणका काम जारी रहँदा कोरोना प्रभावले स्थगित भएका विकास निर्माणका काम अन्र्तगत सडक संजाल, खानेपानी, भवन निर्माण रहेका छन् ।स्थानीय तहरुले विकासका कामहरु कार्यपालिकाको बैठक बसेर योजना तयार बनाइ असार मसान्तसम्म सबै विकास सक्ने गरी काम गरिरहेका छन् ।सुरक्षित रुपमा विकास निर्माणका कामहरु सञ्चालन गर्ने निर्णय भएसँगै विकास निर्माण कामहरु सुरु गरिएको जनप्रतिनिधिहरु बताउँछन् ।
अहिले जिल्लामा करिव ११ दशमलव ३–४ प्रतिशत कामहरु सडक निर्माणको रहेको, ६ प्रतिशत भवन निर्माण रहेका छन् ।ती विकास निर्माण कामहरु अवधि कुनै जेठ मसान्तसम्म रहेका छन् भने कुनै असार मसान्तसम्म काम सम्पन्न गरेर बजेट फर्छौट गर्नु पर्ने कारण पनि विकास निर्माणका कामहरु तीव्र रुपमा गरिरहेका हुन् ।स्थानीय तहले अधुरो छाडेको विकास निर्माण कामहरु पुनः सुरु हुँदा स्थानीयहरुमा उत्साह र चिन्ता दुवै देखिएको छ ।स्थानीयका अनुसार लकडाउनले अधुरो रहेको विकास निर्माणका कामहरु एकातर्फ सम्पन्न भएको छ भने अर्कोतिर वर्षायाममा हतारहतारमा गरिएको विकास निर्माणको काम टिकाउ नहुनेमा चिन्ता रहेको स्थानीय बताउँछन् ।
विकासले गति लिनु नराम्रो होइन । तर विकासका लागि बनाइएका सडक तथा भवनहरु टिकाउ र दीर्घकालीन हुनुपर्नेमा बढि जोड दिनु आवश्यक छ ।बजेट फ्रिज हुने डरले हतारमा गरिने विकासका कामहरुले तत्कालका लागि फाइदा पु¥याए पनि भविष्य भने औचित्य हिन नहोला भन्न सकिँदैन ।








