• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस अधिवेशन : सर्लाहीमा आइतबारका लागि वडा अधिवेशन तोकियो

  •   शनिबार, मङि्सर ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन आइतबारका लागि तोकिएकोे छ । शुक्रबार राति अबेरसम्म चलेको पार्टीका दुवै पक्षको छलफलले आइतबारका लागि वडा अधिवेशनको मिति तोकेको हो ।

    निर्वाचन अधिकृतको रूपमा सर्लाही आइपुगेका अधिवक्ता भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण राय समूहबीच छलफल चलेको थिायो । लालबन्दीस्थित युनाइटेड होटल इनन्मा दिउँसोदेखि राति पौने १० बजेसम्म चलेको भएको छलफलले यस्तो सहमति गरेको हो । कांग्रेस सर्लाहीमा संस्थापन पक्ष र संस्थापनइतरबीच यो तेस्रोपटक सहमति भएको हो ।

    दुवै पक्षबीच भएको छलफलबाट १२ मंसिरमा वडा अधिवेशन, प्रदेशस्तरीय अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिकास्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभास्तरीय अधिवेशन गर्ने सहमति भएको छ । छलफलले १५ गते क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्नेसमेत सहमति गरेको निर्वाचन अधिकृत राउतले जानकारी दिए । निर्वाचन अधिकृत राउतका अनुसार मतदान अधिकृतको रूपमा खटिने शिक्षकहरूलाई शनिबार तालिम दिने तथा निर्वाचन सामग्री उपलब्ध गराइने छ ।

    जिल्लाका अधिकांश वडामा काठमाडाै‌मा भएको छलफलबाटै मतदान अधिकृत खटाइएको र केही वडामा आज गोलाप्रथा विधिबाट खटाइने उनले बताए । ‘लगभग सबै वडामा मतदान अधिकृत खटाइसकिएको छ’, उनले भने, ‘एक-दुई वडामा बाँकी छन्, त्यसको टुंगो आज साँझसम्म लगाउँछौँ ।’ सर्लाहीमा अधिवेशनको यो अन्तिम सहमति भएको पनि उनले बताए । यदि योे निर्धारित समयमा समेत अधिवेशन गर्न नसके अधिवेशननै नहुने अवस्था रहेको उनकाे भनाइ थियो ।

    शुक्रबार भएको वार्तामा जिल्ला सभापति नागेन्द्रकुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगीलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका-७ का वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, रुपेशकुमार यादवलगायत सहभागी थिए ।

    पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवलि राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्वजिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्वजिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चौधरीलगायत सहभागी थिए ।

    जिल्ला सभापति नागेन्द्रकुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष अर्थात् संस्थापन र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संस्थापनइतर पक्षका हुन् । यी दुई समूहको विवादले जिल्लामा कांग्रेसको पटक-पटक जिल्ला अधिवेशन अन्योलमा पर्दै आएको थियो । यसअघि दुई समूहबीच मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृतले जिल्ला अधिवेशन प्रक्रिया नै गराउन नसकी राजीनामा बुझाएर फर्किएका थिए ।

    यसपछि गत शनिबार केन्द्रीय निर्वाचन समितिले दुवै पक्षका नेताहरूलाई बोलाएर चार दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गराई मंगलबार मात्र सहमति गराए र जिल्ला पठाएको हो । जिल्ला फर्किएलगत्तै निर्वाचन अधिकृत राउतले काठमाडौंमा भएको सहमतिअनुसार १० मंसिरमा २० वटा पालिकाका दुई सयवटै वडामा वडाअधिवेशन गराउने तयारी गरेका थिए । तर, दुई समूहबीच फेरि क्रियाशील सदस्यता थपिएको र मतदान अधिकृत खटाउने विषयमा विवाद उत्पन्न भएपछि अचानक शुक्रबारका लागि तयभएको वडा अधिवेशन स्थगित भएको थियो । दुुई पक्षको विवादका कारण देशैभरिमा सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.