• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवन कांग्रेस अधिवेशन : नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा

  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

    मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै खटिएर आएका पोखरेलको राजीनामा पछि चितवन कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । निर्वाचन समितिलाई बुझाएको राजीनामा पत्रमा भने पोखरेलले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको भनि उल्लेख गरेका छन् ।

    नेताहरूले चुनावको मिति सार्ने विषयमा विभिन्न दबाब दिएपछि पोखरेलले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सभापतिका आकांक्षीहरूबीच साझा धारणा बनाएर निर्वाचनको मिति तोक्न सिफारिस गरिएकोमा निर्वाचन अधिकृतको अचानक राजीनामा आएको बताए ।

    निर्वाचन अधिकृत पोखरेलले भने विभिन्न किसिमका अनपेक्षित दबाब सिर्जना भएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ विभिन्न खाले अनपेक्षित दबाबहरु व्यहोर्नु परेको थियो । काम गर्ने मान्छेले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ । निर्वाचन भन्ने कुरा झन् आफैँ स्वतन्त्र हुनुपर्छ । अनेक खाले, अनेक कोणबाट प्रभावहरू आए । मान्छेलाई बिरामी नै बनाउने भएपछि राजीनामा दिएको हो’, उनले भने ।

    कस्तो किसिमको दबाब आएको भनेर उनले खुलाउन भने चाहेनन् । पोखरेलले आफ्नो राजीनामा केन्द्रीय निर्वाचन समितिलाई बुझाएका हुन् । राजीनामा दिएर पोखरेल वीरगञ्ज पुगेका छन् । उनले चार दिनअघि नै जिल्ला छाडेका हुन् ।

    चितवन कांग्रेसका सभापति श्रेष्ठका अनुसार एमालेका कारण निर्वाचन पछाडि धकेलिएपछि पोखरेलले १५ मंसिरमा मनोनयन पत्र दर्ता गरी १९ मंसिरमा मतदान गर्ने भनि जानकारी गराएका थिए ।

    मंगलबार बिहान पार्टीको जिल्ला कार्यसमिति र सभापति पदका आकांक्षीहरूको संयुक्त बैठक बसेर १५ मंसिरमा मनोनयन पत्र दर्ता गराई २१ मंसिरमा मतदान गर्ने निर्णय गरि निर्वाचन अधिकृतसमक्ष सिफारिस गरिएको थियो ।

    त्यसलगत्तै निर्वाचन अधिकृत पोखरेलले राजीनामा दिएका हुन् । ‘यस घटनाले हामी अचम्मित एवं गम्भीर आश्चर्यमा परेका छौँ । उक्त राजीनामाले अधिवेशनलाई गम्भीर अन्याेलमा एवं अधिवेशन नै हुन नदिने परिस्थिती सिर्जना गरेको छ’, श्रेष्ठले भनेका छन् । अवरुद्ध भएको जिल्ला सभापतिको अधिवेशनको प्रक्रिया छिटोभन्दा छिटो थालनी गर्न उनले केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

    जिल्ला सभापतिको लागि चितवन कांग्रेसको वर्तमान कार्य समितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बाग्मती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ जिल्ला सभापतिको लागि दौडमा छन् । त्यसैगरी, राजेश्वर खनाल, प्राडा सूर्यकान्त घिमिरे र विजय भुसाल पनि सभापति पदका आकांक्षी हुन् । न्युज कारखाना

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.