चितवन । तीनै तहको निर्वाचन नजिकिएसँगै चितवनका सात वटै स्थानीय तहमा मतदाता नामावली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले मंसिर १७ बाट पालिकामा नामावली संकलन गर्न लागेको निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिनुभयो ।
उहाँले माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा मंसिर १७ गतेदेखि पुस २ गतेसम्म, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन हुने बताउनुभयो ।
उहाँले भरतपुर महानगरपालिकाभित्रका नागरिकले भने जिल्ला निर्वाचन कार्यालमै गएर नामावली दर्ता गराउनुपर्ने जानकारी दिनुभयो । कार्कीको अनुसार बाहिरि जिल्ला बाट अाई चितवनमा बसोबास गर्नेहरुको हकमा भने चितवन कार्यालमै मतदाता नामावली संकलन हुनेछ तर मतदान गर्न भने सम्वन्धीत जिल्लामै जानुपर्ने छ।
२०७७ चैत ४ गतेसम्म चितवनमा ३ लाख ६८ हजार ३ सय ८२ जना मतदाताको नामावली संकलन भएको छ । चेत ४ देखि कार्तिक मसान्तसम्म थप १० हजार ३ सय ३९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ३ लाख १३ हजार ३ जना, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३ लाख ५४ हजार ३६ जना मतदाता थिए । चैतसम्मको तथ्यांक केलाउदा १४ हजार ३ सय ४३ जना नयाँ मतदाता थपिएका छन।








