• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन स् संस्थापन पक्षमा विभाजित, इतर पक्षलाई फाइदा

  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।

    सुरुवाती चरणमा संस्थापन पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि पाँचभन्दा बढी नेता आकांक्षी देखिएका छन् । संस्थापन इतर समूह पनि प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने भएको छ ।

    देउवा समूहमै रहेका सुदूरपश्चिमका प्रभावशाली कांग्रेस नेता रमेश लेखक र एनपी साउदको प्रतिस्पर्धाका कारण मनोनयन दर्ता हुने दिन संस्थापन इतर समूहले आफ्नो टिम बनाएको छ ।

    सुदूरपश्चिम सभापतिका लागि रमेश लेखक समूहबाट कैलालीका नरनारायणा शाह ९मनु०, हिमबहादुर रावल, डोटीका पुष्पकुमार शाही, बझाङका अर्जुनबहादुर सिंह आकांक्षाी छन् भने एनपी साउद समूहबाट अछामका गोविन्दबहादुर शाहले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    पाँच जना आकांक्षी देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूको विकल्पमा थप दुई जनाको नाममा सहमति गर्न केन्द्रबाटै निर्देशन दिएको बुझिएइको छ । देउवाले डडेल्धुराका गोविन्दबहादुर बोहरा र डोडीका वीरबहादुर बलायरलाई उम्मेदवार तोक्दै दुईमध्ये एक जनामा सहमति गरेर प्रदेश सभापति छान्न दिर्नेशन दिएका छन् ।

    तर उनीहरूमा सहमति जुट्न नसक्दा सुदूरपश्चिममा कमजोर मानिएको संस्थापन इतर समूहले अर्को साझा उम्मेदवारका रूपमा अघि सारेको छ । संस्थापन इतर समूहले कैलालीका नारायणदत्त मिश्रलाई साझा उम्मेदवारका रूपमा अघि सारेको छ । मिश्र अहिले आफ्नो टिम बनाउन व्यस्त छन् ।
    सुदूरपश्चिमको बैतडी, दार्चुला र बाजुरामा मात्रै संस्थापन इतर समूह बलियो छ । अन्य ६ जिल्लामा देउवा समूह बलियो छ ।

    सभापतिमा सात जनाभन्दा बढी आकांक्षी भएपछि सुदूरपश्चिममा बिहान ८ बजेदेखि सुरु हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रियासमेत दिउँसो २ बजेसम्मका लागि सारिएको छ । २ बजेसम्म सहमति हुन नसकेमा कांग्रेस प्रदेश सभापतिका लागि आधा दर्जन बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    कांग्रेस प्रदेश अधिवेशनले एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन जना सहमहामन्त्री चयन गर्ने छ ।

    यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक, अपांगता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन गर्ने छ ।

    अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ । त्यस्तै, कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएको छ । न्युज कारखाना

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.