काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोनाबाट निको हुनेको संख्या २६५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।








