• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गृहमन्त्री खाँणलाई आफ्नै प्रदेशमा ठूलो धक्का

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा का‌ंग्रेस केन्द्रीय सदस्य खाँण कमजोर देखिएका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापतिमा रामचन्द्र पौडेल समूहका अमरसिंह पुन निर्वाचित भएका छन् ।

    बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार साहलाई हराउँदै पौडेल पक्षका पुन सभापति निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याएका छन् भने साहले ७६७ मत प्राप्त गरेका छन् । ८५ मतको अन्तरमा पुन निर्वाचित भएका हुन् । पदाधिकारीमा एक सभापतिबाहेक पुन प्यानल नै विजयी भएको छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याई विजयी भएका छन् । खनाल भने संस्थापननिकट मानिन्छन् ।

    त्यस्तै महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेलनिकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याई निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् । सदस्यहरूमा पनि सबै पौडेल समूहकै विजयी भएका छन् । गृहमन्त्री खाण देउवाका विश्वासपात्र समेत मानिन्छन् । तर, आफ्नै प्रदेश लुम्बिनी प्रदेशको प्रथम अधिवेशन तथा जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतीजाले महामन्त्री बन्ने खाँणको चाहनामा गम्भीर धक्का पुग्ने देखिएको छ ।

    गृहमन्त्री खाण पार्टीका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । खाँणकै गृहजिल्ला रुपन्देहीका १० प्रदेशसभा क्षेत्रमा पनि उनको निर्वाचन क्षेत्रमा मात्र पकड देखिएको छ । गृहजिल्लाको नेतृत्व खाँणकै भाइ रामकृष्णले पाए पनि अन्य पदाधिकारी तथा सदस्यमा पौडेल पक्ष हावी छ । रुपन्देहीका प्रतिनिधिसभाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा भने संस्थापनकै उम्मेदवार विजयी भएका थिए । तर, लुम्बिनी प्रदेशको समग्र नतिजा हेर्दा खाण निकै कमजोर देखिएका हुन् । प्रदेशका १२ जिल्लामध्ये नौवटा जिल्लाको नेतृत्व पौडेल पक्षले लिएको छ ।

    दुईवटामा मात्र संस्थापन पक्षका उम्मेदवारले जितेका छन् भने बाँके जिल्लाको अधिवेशन भएको छैन । लुम्बिनी प्रदेश अधिवेशनमा एकजना उपसभापतिबाहेक अन्य सबै पौडेल पक्षले जितेको छ । यसअघि भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनमा गृहमन्त्री खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमा पराजित भएका थिए । यसबाट पनि खाँणको पकड कमजोर हुँदै गएको पुष्टि हुने संस्थापन समूहकै एक नेताले बताए । गृहमन्त्री खाँणको गृहनगर र बलियो पकड रहेको भनिएको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा समेटेर बनेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दुवै प्रदेशसभाका क्षेत्रीय अधिवेशनमा खाँण समूहको प्यानल नै पराजित भएको थियो ।

    सोही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं खाँणका विश्वासपात्र वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि पराजित भएका थिए । संस्थापनइतर समूहका नेता कुमार केसीले प्रदेशको समगै नतिजालाई हेर्दा खाँण कमजोर देखिएको बताए । २०७४ सालमा प्रतिनिधिसभा चुनावअघि भएको स्थानीय तहको चुनावी परिणामले असुरक्षित देखिएपछि उनी समानुपातिकमा बसेका थिए ।

    रुपन्देही क्षेत्र नम्बर ३ मा असुरक्षित महसुस गरेर उनी समानुपातिकमा बसेका थिए । स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका खाँणका भाइ रामकृष्ण खाँण एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए । तर, अब आउने संघीय संसदको निर्वाचनमा भने खाण रुपन्देही क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको उनी निकट कार्यकर्ताहरू बताउँछन् । पहिलो संविधानसभा निर्वाचन रुपन्देही–३ बाट लडेका खाँणले एमाले उम्मेदवार लिला गिरीलाई १२ सय मतले पराजित गरेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदजार घनश्याम भुसाललाई सोही क्षेत्रमा ८५ मतले मात्र पराजित गरेका थिए ।

    २०७४ सालमा भने कांग्रेस-राप्रपाका साझा उम्मेदवार दिपक बोहोरालाई भुसालले झण्डै पाँचहजार अन्तरमा हराएका थिए । यसले पनि खाँण आफ्नै जिल्ला, क्षेत्र र प्रदेशमा कमजोर हुँदै गएको देखाउँछ । गत १४ कात्तिकमा भैरहवामा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाणले गठबन्धनबिना एमालेलाई हराउन सजिलो नभएको अभिव्यक्ति दिएका थिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.