• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

छाङ्रु र टिङ्करमा सरकारबाट खाद्यान्न पु¥याइँदै

  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पु¥याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पु¥याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरु गरिसकेको छ ।

    यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पु¥याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पु¥याइने छ ।

    सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङ्रुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो । बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पु¥याउन लागेको खनालले बताउनुभयो । ‘‘पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए ’’, उहाँले भन्नुभयो, ‘‘ तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन । अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पु¥याउन थालेका हौँ ।”

    उहाँका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पु¥याउने छ ।
    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पु¥याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ । कम्पनीले बोलपत्रमार्फत पु¥याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ । यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पु¥याउँदै आएको थियो ।

    खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पु¥याई सर्वसाधारणलाई वितरण गरिने बताउनुभयो । अहिले ती दुई गाउँमा १९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्रीकेन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पु¥याइने बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र टिङ्करका सर्वसाधारणलाई सयसय क्विन्टल वितरण गरिने छ । छ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।

    गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरुलाई घर पु¥याइएको बताउनुभयो । ‘‘ घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो ’’, उहाँले भन्नुभयो, ‘‘ त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ । त्यसैअनुसार खाद्यान्न आउन थालेको छ ।’’

    उहाँका अनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रीम भुक्तानीका लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ । उहाँले अब छाङ्रुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बाासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताउनुभयो ।

    फापर, उवा (गहुँको प्रजाति) र आलु त्यहाँका मुख्य बाली हुन् । उनीहरु मङ्सिरदेखि वैशाखसम्म सदरमुकाम खलङ्गा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन् । गाउँमा बसेका बेला उनीहरु असारदेखि कात्तिकसम्म नेपाल र भारतबाट सामान लिएर तिब्वतको ताक्लाकोटमा गई व्यापार गर्छन् । त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ । उनीहरु भारत र चीनमा गरिने व्पापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार करीब एक हजार जनसङ्ख्या रहेको ती दुई गाउँमा अहिले तीनचार सय मात्र मानिस छन् । अन्य मानिस रोजगारीका लागि नेपालका अन्य ठाउँ, भारत र चीन(तिब्बत) जाने गरेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.