• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लकडाउनको बाध्यताले आन्तरिक राजस्व कार्यालय भरतपुरमा लक्ष्य भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट

  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ ।

    यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६ अर्ब चार करोड ९२ लाख १३ हजार राजस्व अशुल गर्ने लक्ष्य लिएकोमा रु १७ अर्ब ९२ करोड आठ लाख आठ हजार मात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले दिएको जानकारीअनुसार अन्तःशुल्कको लक्ष्यको ४९ दशमलव ७१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । जेठ मसान्तसम्ममा कूल राजस्व सङ्कलन रु ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार हुने लक्ष्य राखिएकोमा रु २१ अर्ब ६१ करोड छ लाख २३ हजारमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ५३ दशमलव २५ प्रतिशतमात्र हुन आउँछ । कूल लक्ष्यभन्दा रु १८ अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो ।

    जेठ महिनामा मात्र अन्तःशुल्कबाट रु पाँच अर्ब २५ करोड १३ लाख ६९ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा रु एक अर्ब १० करोड ५३ लाख ४९ हजार राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । अन्तःशुल्कमा धेरै राजस्व सङ्कलन हुने गर्दछ । यसअन्तर्गत बियर, मदिरा, सुर्तीजन्य, पेन्ट्स, सिमेन्ट, हल्का पेय पदार्थ, फलामको निर्माण सामग्री, ग्रिल, चाउचाउ, दालमोठ, भुजियाजस्ता सामग्री पर्दछन् । यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्वको भाग हेर्दै आएको छ । यस क्षेत्रमा सात वटा मदिरा र छ वटा बियर उद्योग रहेका छन् ।

    कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार अन्तःशुल्कमा विभिन्न सामग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ । गत वर्षको जेठ मसान्तसम्ममा अन्तःशुल्क रु २४ अर्ब ७२ करोड ७२ लाख ३१ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको १०४ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

    आर्थिक वर्ष २०७४/७५ मा पनि जेठसम्ममा अन्तःशुल्क रु १७ अर्ब दुई करोड ८३ लाख ९९ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको ११५ दशमलव ९६ प्रतिशत राजस्व सङ्कलन भएको उहाँको भनाइ छ । यस वर्षको असार मसान्तसम्ममा अन्तःशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । रिजालले यस वर्ष पनि लकडाउन नभएको भए लक्ष्य वरपरनै राजस्व उठ्ने भए पनि प्रभावित बनेको बताउनुभयो ।

    मदिराजन्य वस्तु बिक्री वितरण, निष्काशन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उहाँको भनाइ छ । शिलबन्दी मदिरा र बियर बजारमा उपलब्ध नहुँदा अवैध मदिराको खपत बढेको व्यवसायीले जनाउँदै आएका छन् । रिजालले भन्नुभयो “व्यवसायीले भने जस्तो हो भने बियर र मदिरा बजारमा जान नपाउँदा राजस्व र मानव स्वास्थ्यमा असर परेको छ ।” उहाँले थप्नुभयो, “कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको विकल्प नभएकै कारण लकडाउन गर्नुपरेको हो ।” राजस्वभन्दा मानव स्वास्थ्य ठूलो भएको भन्दै उहाँले लकडाउन खुकुलो हुँदै जाँदा राजस्व सङ्कलन बढ्दै जाने बताउनुभयो । लकडाउनकै कारण कोरोना सङ्क्रमण समुदायमा फैलनबाट धेरै रोकिएको छ ।

    यस कार्यालयअन्तर्गत व्यवसायी प्यानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ करदाता रहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.