• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तटबन्धनले रामघाटर शिवघाटलगायत तटीय क्षेत्र जोगायो

  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुग्लिन । नारायणी नदी किनारमा गरिएको तटबन्धनले रामघाटर शिवघाटलगायत तटीय क्षेत्रका बस्ती जोगाएको छ । तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सो कार्य सम्पन्न भएका थिए ।सो स्थान तीन सयभन्दा बढी घर बाढीको जोखिममा रहेका बताइएको छ ।

    भरतपुर महानगरपालिका–४ नारायणीधाम आश्रम नजीक गरिएको तटबन्धनले ठूलो क्षति हुनबाट जोगाएको वडाध्यक्ष हरि आचार्यले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सो कार्यक्रमबाट रु २५ लाखको बजेट ५० लाखभन्दा बढीको काम भएको उहाँले बताउनुभयो ।

    “नारायणी गाउँतिर पस्छ कि भन्ने अवस्थामा हुँदा गरिएको तटबन्धनले गाउँ सुरक्षित भएको छ”, उहाँले भन्नुभयो, “नदी किनारका बासिन्दाको जमीन व्यवस्थापन राम्रो भएको छ ।” निःशुल्क रुपमा श्रमदान भएर काम हुँदा थोरै बजेटले पनि धेरै काम हुन सकेको उहाँको भनाइ छ । सो कार्यक्रमलाई यहाँ निरन्तरता दिनका लागि भरतपुर महानगरपालिकामार्फत विभिन्न योजना पेश गरेर पहल भइरहेको उहाँले बताउनुभयो ।

    नारायणीधाम आश्रम तटबन्धन उपभोक्ता समूहका अध्यक्ष तारानाथ पौडेलले तीन महिनामा श्रमदानसहित काम सम्पन्न गरिएको बताउनुभयो । “यो तटबन्धनले आश्रमको सुरक्षादेखि यहाँका तीन सय परिवारलाई सुरक्षित बनाएको छ”, उहाँले भन्नुभयो, “नदी तटबन्धनका लागि दुई सय १९ जाली भरिएको छ, जसका कारण आश्रमको करीब चार कट्ठा जमीनसमेत उकासिएको छ ।” नदी तटबन्धनका लागि ५१ मिटर लम्बाइ ३१ मिटर चौडाइ तथा १० मिटर उचाइको तारजाली गरिएको उहाँले जानकारी दिनुभयो ।

    नदी तटबन्धनबाट स्थानीयवासी समेत खुशी भएका छन् । स्थानीयवासी कपिल अर्यालले नारायणी नदीको पानी बगिरहेको स्थानमा आफ्नो जग्गा भएको उल्लेख गर्दै नदी तटबन्धनका लागि सो जग्गा आउने आशा गरेको बताउनुभयो । “तटबन्धनको पछाडिको भागमा नदीले माटो थुपार्न शुरु गरिसकेको छ, मेरो जग्गा आउने लक्षण देखिइसकेको छ”, उहाँले भन्नुभयो, “हामी सबैको जग्गामा धेरै पहिलेदेखि नदीले कटान गरिरहेको थियो, नदीले बर्सेनी माटो झारिरहेको हुन्थ्यो अब त्यो माटो झर्ने काम बन्द हुने विश्वास लिएका छौँ ।” यस कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीयवासीको खुशी फर्काउनका लागि स्थानीय तथा सङ्घीय सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    नारायणीधाम आश्रम तटबन्धन उपभोक्ता समूहका सदस्य एवं नारायणी सामुदायिक वनका अध्यक्ष महेन्द्र पौडेलले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत यहाँ भएको तटबन्धन यो क्षेत्रकै लागि राम्रो पक्ष भएको बताउनुभयो । “नदी तटबन्धन गरेपछि यहाँदेखि तलका सबै बस्ती घरहरु सुरक्षित भएका छन्”, उहाँले भन्नुभयो, “यहाँ जसरी तटबन्धनको काम भएको छ यसले राष्ट्रको पैसा सही ठाउँमा सदुपयोग भएको हाम्रो विश्वास छ ।”

    नदी कटानले हैरान खेप्दै आएका स्थानीयवासीलाई सो तटबन्धनले ठूलो राहत दिएको छ । मनसुन शुरु भएपछि त्रासको अवस्थामा बस्न बाध्य स्थानीयवासी नदी तटबन्धनपश्चात् भने खुशीको सास फेर्न पाएको बताउँछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.