• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बाग्मती स्वच्छ बनाउन उपत्यकाका थप सात स्थानमा पानी प्रशोधन केन्द्र बन्दै, कहाँ पुग्यो ब्युटिफिकेशनको काम ?

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले दुई दशकअघिदेखि बाग्मती संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, जनसंख्या वृद्धि हुँदै गर्दा बाग्मतीलार्ई सफा राख्न हम्मेहम्मे परिसकेको छ । जति धेरै जनसंख्या उति नै धेरै फोहोर निस्किने हुँदा समितिले बाग्मती स्वच्छ बनाउन काठमाडौं उपत्यकामा थप चार ठाउँमा पानी प्रशोधन केन्द्र निर्माण कार्यअघि बढेको छ ।

    उपत्यकामा भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु–बालकुमारी, ललितपुरकै धोबीघाटमा दुई वटा र काठमाडौंको गुह्यश्वरीमा थप एकवटा गरी सात ठाउँमा पानी प्रशोधन केन्द्रको निर्माण कार्यअघि बढेको खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना निर्देशनालयका प्रमुख चन्द्र पाँ श्रेष्ठले जानकारी दिए  ।

    सर्वसाधारण तथा कलकारखानाबाट निस्कने ढललाई प्रशोधन गरेर मात्र बाग्मतीमा मिसाइने प्रक्रिया अघि बढेको छ । घर तथा कलकारखानाबाट निस्किएको ढललाई सिधै खोलाको पानीमा मिसाउँदा बढी फोहोर भएको भन्दै उपत्यकामा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

    एसियाली विकास बैंकको सहयोगमा चारवटा प्रशोधन केन्द्र निर्माण हुँदै छ । एउटा आयोजना भने सम्पन्न भइसकेको बाग्मतीको पानी सफा बनाउनका लागि चारवटा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

    उनी भन्छन्, ‘ढल व्यवस्थापन पनि गर्दै छौँ । हामी सहायक नदीमा पनि जानुपर्छ । सबैतिर एकैपटक जानका लागि हाम्रो क्षमता पनि पुग्दैन । मुख्य बाग्मतीको सहायक नदी, सहायक नदीका पनि सहायक नदीमा गएका छौं । सबै सहायक नदीमा जानुपर्छ तर बाग्मती नदीलाई बढी प्राथमिकता दिएका छौं ।’  सातवटा सहायक नदी र बाग्मती नदीमा ढल व्यवस्थापन गर्नका लागि करिब ५५ अर्ब रुपैयाँ लागत लाग्ने र अन्य सहायक नदीको पनि अध्ययन गर्ने उनले बताए ।

    गुह्यश्वरीमा दैनिक तीन करोड २४ लिटर पानी प्रशोधन गर्ने क्षमताको पानी प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ । सल्लाघारीमा एक करोड ४२ लाख क्षमता, कोड्कु बालकुमारीमा एक करोड ७५ लाख क्षमता, र धोबीघाटमा तीन करोड ७० लाख लिटर क्षमताको दुईवटा शुद्धीकरण केन्द्रको निर्माण कार् अघि बढेको अयेजना प्रमुख श्रेष्ठले बताए ।

    ‘यससँगै गुह्यश्वरीमा दुई अर्ब ५४ करोड रुपैयाँ लागतमा नयाँ पानी शुद्धीकरण केन्द्र निर्माणको काम सकिएको छ । यस आयोजना १० वर्षसम्म  नै सञ्चालन गर्नेछौ,’ उनले जानकारी  दिए ।

    यी तीनवटा आयोजनाको ठेक्का चीनको एक कम्पनीले लिएको उनले जानकारी दिएका छन् । सल्लाघारी, कोड्कु बालकुमारी, धोबीघाटका आयोजनाहरू भने एउटै प्याकेजमा बन्ने उनले बताए । उक्त आयोजनाको लागत चार अर्ब रहेको उनले बताए ।  विभिन्न निकाय र नगरपालिकाले ढल व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए ।

    उनका अनुसार शुद्धीकरण भएको पानीमा माछा पालन पनि गर्न सकिन्छ । उनले भने, ‘हामीले पानी शुद्धीकरण गरेर खोलामै पठाउँछौ । जुन पानी खान योग्य नभए पनि त्यहाँ माछाहरु बाँच्न सक्छन् । हामीले  प्रशोधन गरेको पानी पिउनको लागि नभएर माछा बाँच्नेसम्मको हुनेछ ।’

    फोहोर पानीलाई स्वच्छ बनाउका लागि गुह्यश्वरी, सल्लाघारी, कोड्कु र सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माण भईरहेको छ । यी चारस्थानको प्रशोधन केन्द्र सन् २०२३ सम्ममा निर्माण भईसक्ने आयोजनाको भनाइ छ ।

    काठमाडौं उपत्यकाको प्रमुख नदी बाग्मतीको पानी स्वच्छ राख्न ढल मिसिन्नबाट बचाउनु पर्ने हुन्छ । त्यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बाग्मती, धोवीखोला र विष्णुमती नदी किनारमा ढल बगाउन छुट्टै पाइपलाईन विस्तार गरिरहेको छ । यस्तै मेलम्चीले मनहरा र हुमन्ते खोलामा पाइपलाईन विछ्याउने काम गरिरहेको छ ।

    चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो । विकास समितिले बनाएको छुट्टै पाइपलानबाट ढल ल्याएर प्रशाेधन केन्द्रमा जम्मा गरिने र सो केन्द्रले ढल प्रसोधन गरी बाग्मतीमा पानी मिसाउने योजनाअनुसार काम भइरहेको हो ।

    खोला किनारमा निर्माण गरिएका पाइपलाईनमा सहरको फोहोर पानी बग्नेछ । जसले गर्दा ढल सिधै खोलामा मिसानबाट रोकिनेछ । पाइपलाइनबाट बग्ने पानीलाई विभिन्न स्थानमा निर्माण हुने प्रशोधन केन्द्रले सफा बनाई खोलामा बगाउनेछ । चारवटै प्रशोधन केन्द्रले गरी दैनिक १४ करोड १९ लाख लिटर ढल प्रशोधन गरी पानी सफा बनाइने भएको हो ।

    चारवटा प्रशोधन केन्द्र निर्माणको लागि खर्च कति लाग्छ ?

    चार स्थानको प्रशोधन केन्द्र तथा मनहरा र हनुमन्ते खोलामा ढलको पाइप विछ्याउनका लागि मेलम्ची आयोजनाले १३६ मिलियन अमेरिकी डलर खर्च गर्दै छ । एसियाली विकास बैंकको ८० मिलियन अमेरिकी डलर ऋण सहयोग र सरकारले ५६ मिलियन अमेरिकी डलर आयोजनालाई दिएको छ । निर्माण सम्झौताअनुसार सन् २०१९ सम्म बागमतीमा स्वच्छ पानी बग्नु पर्ने भरइसके पनि अझै आयोजनाले काम सम्पन्न गरेको छैन ।

    गुह्यश्वरीको काम सकिसकेको छ । तर, १० वर्षसम्म मेन्टेनेन्सको काम गर्न पर्नेछ ।  ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ । गुह्येश्वरी प्रशोधन केन्द्रले दैनिक तीन करोड ६४ लाख लिटर पानी प्रशोधन गर्नेछ ।

    कहाँ पुग्यो बाग्मती ब्युटीफिकेशनको काम ?

    बाग्मती ‘ब्युटिफिकेशन’ को काम २७ वर्षसम्म पनि कुनै सुधार आएकाे छैन । लामो समयदेखि रोकिएको काम अहिले पुन: सुरू भएको बाग्मती एकीकृत सभ्यता समाजले बताएको छ । आयोजनामा हालसम्म १४ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको समाजले बताएको छ । हाल आयोजना अघि बढाउनका लागि भने जग्गा मुआब्जाको क्षतिपूर्तिको कारणले समस्या भइरहेको समाजले जनाएको छ ।

    समाजले सन् २०१९ भित्र ब्युटिफिकेशन बाग्मती बनाइसक्ने गरि आयोजनाअघि बढाएको थियो । बाग्मती नदीको वरिपरि किनारमा लगाएका बोटबिरुवा र फूलको संरक्षण गरी २०१९ भित्र स्वच्छ, सफा र हराभरा बनाउने तयारी स्वरुप विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो ।

    मुआब्जा विवादका कारण नै बाग्मतीको ब्युटिफिकेसन परियोजनाको काम रोकिएका थियो । विवाद मन्त्रालयसम्म पनि पुगेको थियो । यो विवाद संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलको विषय नै बनीसकेको थियो । ब्युटिफिकेशन क्षेत्रमा पर्ने जग्गाका धनीले मुआब्जाको क्षतिपूर्ती नदिएसम्म काम गर्न नदिने अडान लिएपछि आयोजनाको काम १० महिनासम्म ठप्प भएको थियो । बाग्मती नदी क्षेत्रका स्थानीयवासीले १८८ रोपनी जग्गाको मुआब्जा माग गर्दा कुनै सुनुवाइ नगरेपछि आयोजनाको काम रोकिएको थियो ।

    तर, अहिले सरकारसँग पहल गर्दै बाग्मतीदेखि गोकर्णसम्म ब्युटिफिकेशनको कामअगाडी बढाइरहेको बाग्मती एकीकृत सभ्यता समाजका सुचना अधिकारी कमल अर्याल बताउँछन् । उनी भन्छन्, ‘बाग्मतीको उदगम स्थल सुन्दरजलदेखि चोभारसम्म ढलको पाइप बिछ्याइसकेको छ । पशुपतिदेखि माथिकोे ढल गुह्यश्वरीमा मिसाइएको छ भने तिलगंगादेखि धोबिघाटसम्म पनि काम भइरहेको छ ।’

    उनका अनुसार नदी क्षेत्रमा रोकिएको पार्क बनाउने, फूल रोप्ने र ढल निर्माणको काम फेरि सुरू भएको छ । नदीको पानीको गुणस्तर वृद्धि गर्न बाग्मती शुद्धीकरण प्रशोधन केन्द्र पनि सञ्चालन भइरहेको उनले जानकारी दिए ।  भूमिका तिमल्सिना/न्युज कारखाना

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.