काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहिबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी प्रतितोलामा एक हजार २०० रुपैयाँ कायम भएको छ ।








