• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनमा ठूला दुई महोत्सव हुँदै, पुस २५ मा चितवन र पुस २७ मा रत्ननगर

  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा ठूला दुई महोत्सव सँगसँगै हुने भएका छन् । पुस २५ मा चितवन महोत्सव र पुस २७ मा रत्ननगर महोत्सव हुने आज (बिहिबार) नारायणगढमा संयुक्त पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य संघ चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जानकारी दिएका हुन् । विगतका वर्षहरुमा प्रत्येक वर्ष जोर वर्ष रत्ननगर र बिजोर वर्ष उद्योग वाणिज्य संघ चितवनले पालो मिलाएर महोत्सव गर्ने गरेको भएपनि यस वर्ष भने दुइर्वटै ठूला महोत्सव सँगसँगै हुन लागेका हुन् ।

    कोभिडका महामारीका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव यसवर्ष भने २ दिनको फरकमा सञ्चालनमा आउन लागेका हुन् । वि.सं २०५९ बाट हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ । सोही निर्णयअनुसार अन्तिमपटक बिजोर वर्ष २०७५ मा चितवन महोत्सव भयो भने २०७६ मा रत्ननगर महोत्सव भएको थियो । यस वर्ष आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव र पुस २७ देखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ ।

    चितवन महोत्सव नारायणी नदी किनारमा र रत्ननगर महोत्सब टिकौली चौरमा हुँदैछ । दुवै महोत्सब एकै वर्ष परेपनि दुई संस्थाबीच छलफल गरेर महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले गत वर्ष कोभिडका कारण चितवन महोत्सव हुन नसकेकामा यस वर्ष गर्नुपरेको बताउदै सबैको सल्लाहमा नै मिति तय गरिएको जानकारी दिए । श्रेष्ठले एक अर्को संस्थाले आपसमा आवश्यक सहयोग गर्ने गरीनै काम अघि बढेको जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुई संस्थाले कोरोना महामारीका कारण चितवन महोत्सब सरेको अवस्थामा र फरक फरक वर्षमा महोत्सव गर्ने सम्भावना नरहेपछि सँगसँगै सहकार्य गरेर महोत्सव गर्न लागिएको बताए । उता चितवन महोत्सवमा ४०४ कक्ष हुने र विगत वर्षहरुमा झै महोत्सवमा ५९० कक्षसम्म राखिएको भए पनि कोभिडका कारण सङ्ख्या घटाइएको वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । विगतको तथ्याङ्कलाई हेर्ने हो भने चितवन महोत्सवमा रु पाँच अर्ब हाराहारी व्यापार हुने गरेको थियो भने यस वर्ष पनि सोही अनुपातमा ब्यापार हुने र पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    त्यस्तै पाँच सय ५० कक्ष रहने रत्ननगर महोत्सवमा यस वर्ष ३५० मात्रै राखिने संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । चितवन महोत्सवको यो १३ औँ संस्करण हो भने रत्ननगर महोत्सवको ११ औँ संस्करण हो । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य संघ–चितवन र रत्ननगर उद्योग वाणिज्य संघले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो गर्दै महोत्सव आयोजना गर्दै आएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.