• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उपल्लो डोल्पावासी घरभित्रै नाकाबन्दी !

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचका समथल भूमि हिउँले भरिभराउ । देख्दा आहा लागे पनि त्यो क्षण माथिल्लाे डाेल्पावासीका लागि भने निकै पीडादायी बन्ने गरेकाे छ ।

    राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूती गराउन नसकेको डोल्पावासी बताउँछन् ।मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधै एकै नासको हुने गर्छ । झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ ।

    डोल्पोबुद्ध गाउँपालिका-१ धोमा बस्दै आएका पेमा गुरुङ भन्छिन्, ‘पशुचौपायलाई जम्मा गरी राखेको उवाको पराल खुवाउने र मानिसहरू घरभित्र थुनिएर बस्नु पर्ने बाध्यता छ । छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना  देखिदैन ।’ बिरामी पर्दा समेत डोकोमा बेकेर उपचारमा लैजानु पर्ने उनले बताए ।

    प्रहरी चाैकी सदरमुकाम दुने झरे 

    चिसोका कारण उपल्लो डोल्पाका सात वटा प्रहरी चौकी सदरमुकाम दुनै सारिएको छ । चिसोसँग मुकाविला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै झारिएको हो । उपल्लो डोल्पा अहिले सुरक्षाविहिन अवस्थामा रहेको पेमाले भनिन्भ । हुने खानेहरू सदरमुकाम दुनैलगायत अन्य देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य भएको उपल्लो डोल्पाका नागरिकले बताएका छन् ।

    यहाँका गर्भवती, सुत्केरी र बालबालिकाले चिसोयाम भरी निकै नै सास्ती पाउने गरेका छन् । सञ्चारसम्पर्क समेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ । हिमपातकै कारण उपल्लो डोल्पामा नियमित लगाउनु पर्ने खोप सेवा समेत चार महिना बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमख सिंहराज शाहीले बताए । उनले भने, ‘हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप ल्याउने सक्ने क्षमता छैन । कम्तिमा चार महिना खोप बन्द हुने गर्छ ।’ यहाँ सर्वसाधारणले चिसो मौसमभर पुग्नेगरी खाना जम्मा गरेर राखेका छन् । यहाँका कार्यालय, स्थानीय तहका कर्मचारीहरू समेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन् ।

    उपल्लो डोल्पा तीन वटा हावापानी भएको जिल्ला हाे । उपल्लो डोल्पा सधै चिसो र हिउँले सेताम्य हुन्छ । मध्य डोल्पामा मध्य खालको मौसम छ । तल्लो डोल्पामा जाजरकोटसँग मिल्दोजुल्दो मौसम पाइन्छ । यहाँको से-फोक्सुण्डो राष्ट्रिय निकुन्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ । उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरू समेत चिसोले प्रभावित हुने गरेका छन् ।

    उपल्लो डोल्पामा चिसो मौसयमा स्वास्थ्य संस्था सम्म बिरामी लिन नसक्दा स्थानीय आम्चीद्धारा उपचार कार्य गरिरहेका सर्वसाधारणले बताएका छन् । स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ । हिउँ चितुवा लगाएतका संरक्षित जनावर उपल्लो डोल्पामै पाइन्छ ।

    हिउँका कारण विकास निर्माणमा बाधा
    उपल्लो डोल्पामा हिमपातका कारण विद्यालय समेत बन्द गरिएको छ । हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्ने छन् । अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन् । चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन् । उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ । आर्थिक वर्ष समेत बदल्नु पर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.