काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ८३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् । कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा भरतपुर अस्पतालको आइसोलेसनमा आज बिहान मृत्यु भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । नेपालमा ७७ वटै जिल्लामा संक्रमण फैलिएको छ । रसुवामा आज ८ महिला र एक पुरुषमा संक्रमण देखिएको हो ।








