काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कुनै किसिमको कोरोना बुटी पत्ता नलागेको स्पष्ट पारेको छ । मन्त्रालयको कोरोनासम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘भाइरस रिमुभिङ कार्ड’ प्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै त्यसले कोरोनाको संक्रमणबाट नजोगाउने प्रष्ट पारेका हुन् । यस किसिमका कुनै कार्डलाई नेपाल सरकारले स्विकृति दिएको छैनु उनले भने, ुकार्डमा प्रयोग हुने रसायनहरुले मुटु, फोक्सो र कलेजोजस्ता अंगहरुमा असर गरी स्वास्थ्यमा गम्भीर असर पर्छ।ु








