• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस महामन्त्री काेइरालाको प्रतिवेदनमा ओलीको आलोचना, भन्छन्- सर्वसत्तावाद रोकियो

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । कांग्रेसको जारी १४औँ महाधिवेसनको बन्दसत्रमा सहमहामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै काेइरालाले ओलीको सर्वसत्तावाद ढालेर कांग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेकाे उल्लेख गरेका छन् ।

    संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकतन्त्र र व्यवस्थाका आधार स्तम्भलाई क्रमशः कमजोर बनाएको प्रतिवेदनमार्फत आरोप लगाइएको छ । ‘जननिर्वाचित सरकारले नेपालको संविधानलाई नै असफल बनाउने प्रयास निरन्तर गरियो र नाम मात्रको बहुदलीय तर निरंकुश र केन्द्रिकृत कम्युनिष्ट शासन लादने कुत्सित नियतका साथ योजनाबद्ध तरिकाले गरिएको एकपछि अर्को अलोकतान्त्रिक कदमविरुद्ध मुलुकका लोकतान्त्रिक शक्ति सहज र सर्तक रहँदै संघर्षको मैदान परिस्थतिसमेत निमार्ण भयो,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बाध्यात्मक परिस्थीतिका सिर्जना भएपछि मुलुकको एक मात्र लोकतान्त्रिक र ऐतिहासिक पार्टीले मुलुकमा बढ्दै गएको सर्वसत्ताविरुद्ध नेतृत्व लिँदै सबै लोकतान्त्रिक प्रगतिशिल शक्तिबीचमा एकता र सहकार्य गरी केपी शर्मा ओली नेतृत्वको पार्टीले सम्मानित सर्वोच्च अदालतलाई समेत अनेक विवादमा तानेर न्यायालयको गरिमा र जनविश्वाससमेत कार्य गरयो ।’

    महामन्त्री कोइरालाले आफ्नै सहकर्मी र सहकर्मी दलप्रति अनुदार व्यवहार गरेको उल्लेख गर्दै परिणाम स्वरुप दुइतिहाइको सरकार ढलेको पनि निस्कर्ष निकालेका छन् । ‘सत्ताका उन्माद र अहँकार तथा सरकारमा सहभागी सहकर्मी दल तथा आफ्नै पार्टीभित्रको आपसी असमझदारीलाई अन्त्य गरी सबै पक्षलाई एकतावद्ध गरी अगाडि बढाउनुको सट्टा फरक विचार राख्ने आफ्नै पार्टीभित्रका सहकर्मी नेता तथा सहकर्मी दललाई किनारा लगाउने र आफ्नो स्वेच्छाचारीतालाई थप सुदृढ बनाउने अहँकारका कारण केपी शर्मा ओली नेतृत्वको केन्द्र र प्रदेशहरुमा सत्तावाट विस्थापित हुनु पर्‍याे,’ प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा अगाडि भनिएको छ, ‘फलस्वरुप मुलुकको लोकतान्त्रिक र ऐतिहासिक नेपाली कांग्रेसका कारण शेरबहादुर देउवाको सुझबुझपुर्ण नेतृत्व र अगुवाइमा मुलुकको राजनीतिक संकट र अन्यौलको निकासका लागि लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता र सहकार्य सम्भव भयो ।’ महामन्त्री कोइरालाले संयुक्त प्रतिवेदनमा उल्लेख गरे अनुसार ओली सरकार ढलेपछि कांग्रेसले देउवाको नेतृत्वमा केन्द्रमा, ७ वटा प्रदेशमध्ये लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसमा सरकार बनाउन सफल भएको मात्रै उल्लेख गरेका छैनन, प्रदेश १, २ र लुम्बिनी प्रदेशमामा कांग्रेसको सम्मानजनक सहभागिता गराउन पनि सफल भएको जनाएका छन ।

    अब स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन गराउने जिम्मेवारी पनि देउवाको काँधमा रहेको उल्लेख गर्दै कांग्रेस त्यसैमा लाग्नु पर्नेमा जोड गरेका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.